सहृदयता अन्तरराष्ट्रिय इजरायलको अध्यक्षमा नम्रता

सहृदयता अन्तरराष्ट्रिय – इजरायलमा श्रीमती नम्रता उप्रेतीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जुम प्रविधि मार्फत कार्तिक २० गते बसेको बैठकले नयाँ कार्य समिति निर्माण गर्ने निर्णय गरेको हो । अध्यक्ष उप्रेती लामो समयदेखि सहृदयता दर्शनलाई विश्वभरी प्रचारमा ल्याउनको लागि योगदान पुर्याउँदै आउनुभएको छ ।

‘सहृदयता दर्शनलाई विश्वभरीका सबै मानिससम्म पुर्याउनु हामी सबैको कर्तव्य हो । जाति, भाषा, नश्ल, सम्प्रदायको आधारमा घृणावादी कित्ताकाटलाई परास्त गरेर विश्वका सबै मानिसहरु एकै परिवारका सदस्य जस्तो हुन् भन्ने भावना विकास गर्न स्वदेश अथवा विदेश जहाँ भए पनि कर्मरत रहनुपर्छ ।’ अध्यक्षमा चयन भएपछी श्रीमती उप्रेतीले युगपत्रलाई बताउनुभयो ।

नयाँ गठित कार्य समितिको उपाध्यक्षमा पवित्रा क्षेत्री बजगाई, महासचिवमा नवीन ढकाल यात्री, सचिवमा सन्तोषी खड्का र कोषाध्यक्षमा अर्जुन पोख्रेल प्रेम चयन हुनुभएको छ । त्यस्तै गरी सदस्यहरुमा मेनुका बस्नेत लिङ्देन, सदस्य श्री भिम कुमारी मगर, अन्जिता पौडेल, सावित्रा लुइटेल घिमिरे, प्रणामी श्रीकृष्ण, सुवास थापा, हरिश खरेल, कमला भण्डारी ढकाल, लोकराज कडेल, प्रमिला उप्रेती, सीता पोख्रेल भुसाल, सोमराज पाठक, सावित्रा गौतम लम्साल, सिमा गुरुङ र राजन कार्की रहनु हुनेछ ।

सहृदयता दर्शनलाई विश्वभरी फैलाएर संसारका सबै मानिसहरु बीच वसुधैब कुटुम्बकम् को भावना विकास गराउने उद्देश्यले वि. सं २०७६ साल माघ १६ गते डा. निर्मलमणि अधिकारीको आह्वानमा सहृदयता अन्तरराष्ट्रिय (Sahridayata International) को आह्वान भएको थियो । नेपालबाट आह्वान भएको यो संस्थाको सञ्जाल विश्वका १९ देशहरुमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.