विजयीभावका साथ संगठित बनौँ


अर्बिन धिताल

मान्छे जहाँ गएपनि उभिनको लागि जमिन नै चाहिन्छ। उ कहाँ उभिएको छ, त्यो उसको वर्तमान रहन्छ जहिले ।
यद्यपि जब व्यक्ति जन्मन्छ त्यतिबेला उसले टेकेको जमिन उसको जीवनभर उत्तिकै महत्वपूर्ण रहन्छ किनकी त्यहाँ उसको अपनत्वभाव र उसको जरो जोडिएको हुन्छ ।
प्रसङ्ग कोट्याउनु पूर्व आफ्नो पुर्खा अनि जन्म समेत जोडिएको जमिनको महत्व बारे भगवान रामचन्द्र भन्नुहुन्छ “जननी जन्मभुमिश्व स्वर्गादपि गरिएसी, अर्थात जन्मदिने आमा र जन्मभुमी स्वर्गभन्दा महान हुन्छ ।

हाल नेपालमा रहेका नागरिकहरू मध्ये धेरैजसो आफ्नो मुलुक मनसायमा पुगिसकेको छन् । बाहिरी मुलुकका नागरिक बन्ने एकप्रकारको होडबाजी नै चलेको छ। त्यो ऐतिहासिक विरासतप्रति अपनत्वभाव र जागरणको सख्त अभाव छ अहिले देशमा। आफ्नो जरो चिन्न नसक्दा हामीले धेरै पटक अनेक प्रकारका दु:ख झेल्नु परेको अवस्था छ भने अर्कातिर देशनै रहने हो या होइन भन्ने अन्योल को अवस्था सिर्जित भएको छ। नेपाल हामी नेपालिको जन्मभुमी हो र पुर्खाको जरो जोडिएको ठाउँ पनि । विभिन्न समयमा विश्वका अनेक आततायीहरूबाट प्रताडित भएपनि, आक्रान्ताहरूबाट जालझेलको सिकार भएपनि यो देश अविच्छिन्न आफ्नो अस्तित्व जोगाउदै यहाँसम्म्को यात्रा तय गरेको हो । विजयीभाव लिएर युद्ध जित्ने पुर्खाका सन्तति हौँ भनेर गौरव आजसम्म गर्न पाएका छौं ।

अहिले त्यही परिवेश भने छैन वा देखिदैन। विभिन्न स्वार्थ र प्रलोभनमा परेर देशको हृदय परायाको हातमा सुम्पिने कार्य भएको छ। जसको हृदयमा अरुको भाव चल्दछ उ स्वतन्त्र नै कहाँ रहन्छ र?? नेपालको हाल भएको अवस्था यहि हो। हाम्रा मूल्य र मान्यता, संस्कृति र रहनसहन, भाषा अनि शिल्प, हाम्रा मठमन्दिर अनि हाम्रा कलाकौशल र सबै जोडिएको यो विराट सभ्यता माथी पटकपटक प्रहार भैरहेको अवस्था छ। अवस्था त यहासम्म आइपुगेको छ कि हाम्रा आफ्नै भन्नेले आफ्नै जरो काट्न हदैसम्मको प्रयास गरेको भेटिन्छ।

प्रजातन्त्रमा जनताको राय सुझाव र मत सर्वोपरी भन्ने भनाइ नेपालमा लागू भएकै छैन। MCC, SPP जस्ता भुरजनीति र अत्यन्तै संवेदनशील कुरामा
प्रतिनिधि भनिनेहरू निक्कै हल्का तरिकाले बोलेको हामीले सुनेका छौ । हाम्रा विरोधका बाबजुद पनि MCC पास भयो । हाम्रा चाहना विपरित जात्रापर्वहरुमा अतिनै निर्मम तरिकाले शासकहरू प्रस्तुत भए । देशको जिवन्त सभ्यतामाथी प्रहार गर्नकै लागि अधार्मिक क्रियाकलापलाई प्रसय दिने खालका कार्यक्रमहरुमा प्रधानमन्त्री जस्ताकै सहभागीता भयो ।

देशका कलिला बालमनोविज्ञानलाई विधर्मी मानसिकतामा लैजाने गरि पाठ्यक्रममै त्यस्ता सामग्री भेटिन्छन ।
मठमन्दिर, गुम्बा अनि चैत्यको ठाउमा अब त राज्य स्वयम् बिधर्मीका लागि बजेट छुट्याउन तम्सिएको छ।

आततायी पराया आक्रान्तहरू विभिन्न तरिकाले प्रस्तुत हुने गरेका छन। पश्चिममा आफ्नो सभ्यता सकिदै गएको र नास्तिकताले ज्यादै प्रभाव पारेकोले पनि होला उनीहरू पूर्वमा आफ्नो साख जोगाउन साम, दाम, दण्ड, भेद सबै लगाएर प्रस्तुत भएका छन् । विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गर्ने, पूँजीवादी र कम्युनिस्ट जस्ता विदेशी वाद र सिद्धांतलाई देशमा भित्र्याएर कहिले पार नलाग्ने वैचारिक द्वन्दको सिर्जना गर्ने र यिनकै घालमेलमा देशलाई अन्योलताको बन्दी बनाउने षड्यन्त्र हामिले देखिसकेका छौ । धर्म परिवर्तन जस्ता देशलाई दीर्घकालीन क्षती गर्ने कुरामा हाम्रा नेतृत्वकर्ताहरू बेखबर भनौ विधर्मिका सेवक बनिदिंदा हाम्रो सभ्यता नै संवेदनशील घडीमा आइपुगेको छ । विश्वका करिब ४५ वटा सभ्यता नष्ट गरेको इसाइ र इस्लाम म आदि पन्थले नेपाल घेरिनु हाम्रा लागी खतराको घण्टी मात्र होइन यो पुर्विय सभ्यताको उद्गमथलोको अन्त्य पनि हो । हाम्रो प्राण बिनाको शरीर जस्तै हुनेछ यदि हामी हाम्रो सभ्यता रक्षा गर्न असमर्थ हुन्छौ । त्यही प्राण हो यो सभ्यता, धर्मसंस्कृती र रहनसहन यो देशको, जसको अन्त्य गर्न हदैसम्मको प्रयास गरेका छन् विधर्मीहरू ।

अब जाग्ने पालो हाम्रो हो। तपाईं र म मात्र जागेर हुँदैन सबैलाई जगाउन अत्यावश्यक भैसकेको छ । यो हाम्रो लागि अत्यन्तै ठुलो परिक्षण पनि हो। एउटा खुकुरीको भरमा सिंगो विश्व जित्ने अभिलाषा गरेर आएका अनेक साम्राज्यसंग घुडा नटेकेका हामी, घृणा द्वेष र युद्धबाट शान्ती भाइचारा र सदाचारको शंखघोष गर्ने बुद्धका वाणी गुन्जिएका हाम्रा परिवेश, त्याग तप र परमार्थ प्राप्तीका मार्ग दिने वेद पुराण आदिका उद्गम स्रोतमा सिंचित भएका हामी, हिन्दु बौद्ध किरात बोन अनि जैन जस्ता अहिंसा प्रेम र करुणा सिकाउने धर्मको उदगमथलो भएको देशका नागरिक हामी अब विजयीभावले अघि बढ्न पर्ने बेला आयो । हामीसँग विश्वलाई दिन सक्ने अथाह ज्ञान र अनुभव छन तिनको पहिचान गर्न सक्नुपर्यो । हामीले युद्धमा पनि जितेका छौ र युद्धलाई बुद्ध बन्ने अवस्थामा पनि पुर्याउन सक्छौ भन्ने अनेक उदाहरण छन् । यो तपाईं हामी सबैको जिम्मेवारि अनि कर्तव्य हो । अरुले गरिदिए हुन्थ्यो होइन अब म पनि सकेको प्रयास गर्छु भन्ने भाव जाग्नु जगाउनु पर्यो। जरोकिलो महाअभियान यसैका लागि अनवरत प्रयासरत छ। यो यश युगको पुकार पनि हो बुझौ र आवश्यक कर्म गरौ।
संस्कृतको यो एउटा श्लोकले हामिलाइ निर्णायक प्रहार गर्न संगठित हुनुपर्ने सुझाव पनि दिएको छ ।

” त्रेतायां मंत्र-शक्तिश्च ,
ज्ञानशक्तिः कृते-युगे।
द्वापरे युद्ध-शक्तिश्च,
संघेशक्ति कलौयुगे”

अर्थात सत्ययुगमा ज्ञान शक्ति, त्रेतामा मन्त्र शक्ति तथा द्वापरमा युद्ध शक्ति को बल हुन्छ । किन्तु कलियुग मा भने संगठन को शक्ति नै प्रधान हुन्छ। त्यसैले देश, धर्म अनि सिंगो सभ्यताका मर्मलाई बुझ्ने त्यसमा अनुकुल भएका संघठनमा एक भएर प्रयास गरिएको खंडमा भने यी दास अनि पराजित मानसिकता भएका विधर्मीका एजेन्डा बोक्नेहरूको समूल अन्त्य गर्न सकिने उर्जा प्राप्त हुन्छ। जसरी संचित उर्जाको प्रभावले व्यक्ती मुलाधार देखि सहस्रार चुम्न सक्छ त्यसरिनै हामिले हाम्रो उर्जा लाई संगठित भएर एउटै दिशा दिन सक्यौ भने निरीह अवस्थाबाट जितसम्म असम्भव भन्ने छैन ।
हाम्रो सभ्यताको मुल मर्म अनुरुप कर्म भए र युगपुरुषको उचित मार्गदर्शन प्राप्त भए हाम्रो बिजय अवश्यम्भावी छ। त्यसको लागि विचार उद्देश्य र मार्ग मिल्ने हरु एक भएर लाग्नुको बिकल्प छैन। जरोकिलो महाअभियान तपाइले खोज्दै गरेको बाटो हुन सक्छ। यो महान अभियानमा सरिक भएर युगको पुकार बुझ्ने मौका नगुमाऔ।
हामी कहाँ उभिने भन्ने चाहिँ नितान्त हाम्रै हातमा छ !!


प्रकाशित : २०७९ असार ७, मंगलवार

धेरै पढिएको

ताजा समाचार