‘सरकारको अक्षमता देखियो’ – मौलिक जरोकिलो पार्टी


प्रतिनिधि सभा पुनर्स्थापना भएर सत्तावृत्तमा रहेका कपूतन्त्रे घटकहरू मध्ये जुनसुकै दलका जो सुकै पात्र प्रधानमन्त्री बनेपनि मुलुकले खोजेको निकास पाउन सक्दैन भन्ने मौलिक जरोकिलो पार्टीको ठहर सहि सावित भएको पार्टीले जनाएको छ । तीन महिनासम्म मन्त्रीपरिषद गठन गर्न नसक्नु र गठन गरेको तीन दिनमै मन्त्रीले राजनीमा दिनुपर्ने अवस्था आउनु, इतिहासमा पहिलो पटक बजेटविहिन अवस्था आउनु, राजदुतावास खालि गरेर कुटनीतिक सम्बन्धलाई उपेक्षा गर्नु, नियोजित रूपमा दल विभाजन अध्यादेश ल्याउने र दल फुटाउने जस्तो कार्यले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार अक्षम रहेको पार्टीले ठहर गरेको छ ।

‘वर्तमान प्रधानमन्त्री प्रसादको ठाउँमा बहादुर मात्रै हो । यो सरकारबाट नेपाली जनताले सरकारात्मक परिवर्तनको अनुभुती गर्नेछन् भन्ने कुरामा मौलिक जरोकिलो पार्टीलाई रत्तिभर विश्वास छैन ।’ मौलिक जरोकिलो पार्टीका अध्यक्ष सुशील गौतमले बताउनुभयो ।

सत्तावृत्तमा रहेका कपूतन्त्रको समूल अन्त्य नगरेसम्म यस किसिमको समस्याहरूको चंगुलमा नेपाल फसिरहन्छ मौलिक जरोकिलो पार्टीको विश्लेषण सहि सावित भएको पार्टीको ठहर छ । एउटा पार्टीको सट्टामा अर्को पार्टी र एक जना प्रधानमन्त्रीको सट्टामा अर्को प्रधानमन्त्री परिवर्तन गरेर समस्याको समाधान हुँदैन । अब राजनीतिक प्रणाली नै परिवर्तन गर्नु पर्छ भन्ने पार्टीको ठहर सही सावित हुँदै गएको छ।

“विशिष्ट नेतृत्त्व, सामूहिक कर्तृत्त्व एवं संस्थागत स्वामित्व” को पद्धति र “सभा, समिति एवं परिषद्” को संरचना भएको राजनीतिक प्रणाली नै नेपालको निम्ति सान्दर्भिक, उपर्युक्त एवं हितकारी राजनीतिक प्रणाली भएको हुँदा उपर्युक्त युगान्तकारी एवं युगप्रवर्तनकारी परिवर्तनको दिशामा संगठित हुन सम्पूर्ण नेपाली जनतामा मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ ।


प्रकाशित : २०७८ आश्विन २५, सोमबार

धेरै पढिएको

ताजा समाचार