झापामा कपुरधूप तालिम संचालन


जरो किलो महाअभियानको विशिष्टीकृत संस्था युगनिर्माण महिला समाज नेपाल प्रदेश नं. १ समितिको आयोजनामा झापा जिल्ला, भद्रपुर नगरपालिकामा तीन दिने अर्गानिक कपुरधूप तालिम सम्पन्न भएको छ । युगनिर्माण महिला समाज नेपालले स्वास्थ्य र वातावरण दुवैलाई असर नगर्ने अर्गानिक कपुरधूप बनाउने तालिम दिदैं आएको थियो ।

भद्रपुर नगरपालिका वडा नं ९ स्थित श्री केदारेश्वर शिवपाञ्चायन मन्दिर लक्ष्मी चोककमा मिति २०७८ साल असोज १६ गतेदेखि तीन दिने कपुरधूप तालिम संचालन गरिएको थियो । उक्त तालिमको मौलिक जरोकिलो पार्टी, प्रदेश नं. १ अध्यक्ष इन्द्रप्रसाद ओलीले उद्घाटन गर्नुभएको हो । युग निर्माण महिला समाज नेपाल, प्रदेश १ सचिव खेमकुमारी ओलीले कपुरधूप तालिमको प्रशिक्षक रहनुभएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आदरणीय राजेन्द्र रिजालको अध्यक्षतामा उक्त तालिम सञ्चालन गरिएको हो ।


प्रकाशित : २०७८ आश्विन २०, बुधबार

धेरै पढिएको

ताजा समाचार