खेतीमा पञ्चगव्यको उपयोग


पञ्चगव्य वा पंचकव्यम एक मिश्रण हो जुन सनातन हिन्दू अनुष्ठान मा प्रयोग गरिन्छ र यसलाई पाँच अवयवहरु को मिश्रणद्वारा तैयार गरिन्छ। उक्त अवयवहरु मध्ये  तीन प्रत्यक्ष घटक गोबर, गौमूत्र, र गौदूध हो भने दुई व्युत्पन्न उत्पादनहरु दही र घ्यू हुन्। यी घटकहरु उचित अनुपातमा मिश्रण गरी प्रयोग गर्ने गरिन्छ।  संस्कृत शब्द पञ्चगव्य को अर्थ “पाँच गाय-व्युत्पन्न” हो। आयुर्वेदिक चिकित्सामा यस विधिलाई काउपथी भनी सम्बोधन गरिन्छ। 

 पञ्चगव्य निर्माण प्रक्रिया के हो ? 

पञ्चगव्य जैविक वस्तुको प्रयोगको मध्यमबाट गरिने हुदा यसको निर्माण घरमा नै गर्न सकिन्छ। यदयापी सहरी भेगमा भने अवयवहरु प्राप्त गर्न अलिक कठिन हुन्छन। दुर्गन्ध हटाउन र प्रारम्भिक पाँच अवयवहरुमा सुधार गर्न को लागी, अन्य उत्पादनहरुलाई पनि जोड्नु पर्छ।

अवयवहरुको मात्रा र तिनीहरुको प्रतिस्थापन यस प्रकार रहेका छन्:

गाईको दूध- २ लीटर

गाईको दही- २ लीटर

गाईको मूत्र- ३ लिटर

गाईको घ्यू-  १/२ किलो

ताजा गाईको गोबर- ५ किलो

उखुको रस- ३ किलो (प्रतिस्थापन- ३०० लीटर पानीमा ५०० ग्राम सक्खर)

नरम नरिवल पानी- ३ लीटर

केरा पकाएको- १२ संख्या

 अंगूरको रस- २ लिटर (१-१० ग्राम खमीर पाउडर १०० ग्राम सक्खरसंग २ लिटर पानी मा ३० मिनेट सम्म प्रयोग गर्नु भन्दा पहिले राखिएको) 

 

तयारी को विधि:

पञ्चगव्य माटो, कंक्रीट वा प्लास्टिक बाट बनेको फराकिलो मुख भएको भाँडोमा तयार हुनु पर्छ।  कुनै धातु बाट बनेको भाँडोमा पञ्चगव्य बनाउनु हुँदैन।

 

पहिलो चरण- भाँडोमा ताजा गोबर र घीउ मिसाईन्छ र ३ दिनसम्म दिनमा दुई पटक चलाउँदै राखिन्छ । चौथो दिन भाँडोमा बाँकी सामग्रीलाई मिसाई अर्को १५ दिन सम्म दिनको दुई पल्ट चलाउँदै राखिन्छ । अब १९ औं दिनमा पञ्चगव्य मिश्रण प्रयोगको लागी तयार हुन्छ।

 

पञ्चगव्य भण्डारण:

पञ्चगव्यको भण्डारणका शितलता युक्त ठाउँमा गरिनुपर्दछ। कुनै पनि किरा नपरोस भन्नका निमित्त भाडोको मुखलाई सफा कपडा वा प्लास्टिकले छोप्नु पर्दछ। 

पञ्चगव्यलाई ६० दिनसम्म  भण्डारण गर्दा पनि यसको गुणस्तरमा कुनैपनि कमि आउदैन तर उक्त परिस्थितिका लागि सो पञ्चगव्य छाया मा राखिएको हुनुपर्दछ र एक दिनमा दुई पटकसम्म हलचल गर्नुपर्दछ। समय बित्दै जादा उक्त मिश्रण बाक्लो हुने हुदा बेलाबखतमा पानी पनि हाली रहनुपर्दछ। 

पञ्चगव्यको प्रयोग:

 

छर्न / स्प्रे गर्नका लागी:

पानी मा घोल को ३% अर्थात  पानी को प्रत्येक १०० लीटर को लागी पञ्चगव्य को ३ लीटर प्रयोग गर्नु उपयुक्त अनुपात हो।

 

सिंचाई को लागी:

सिँचाइ को लागी, पञ्चगव्य प्रति लीटर को मात्रा २० लीटर/एकड़ हुनु पर्छ।

 

बीउ उपचार को लागी:

बीउ रोप्नु भन्दा पहिले बीउलाई ३% पञ्चगव्य घोलमा पानीमा भिजाउनुहोस्। त्यस्तै गरी बेसार वा अदुवाको राईजोम र उखु काट्नु रोप्नु अघि ३० मिनेट भिजाउनु पर्छ।

 

उपयोग को आवृत्ति:

फूल फुल्नु अघि- १५ दिनमा एक पटक (दुई स्प्रे)

फूल फुल्ने चरण- १० दिनमा एक पटक (दुई स्प्रे)

फल फलाउने चरण- एक पटक।

 


प्रकाशित : २०७८ आश्विन १३, बुधबार

धेरै पढिएको

ताजा समाचार