एकैदिन ४४ लाख डोज खोप आयो


चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनसंग खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये ४४ लाख डोज आउन बाँकी रहेको थियो।

नेपाल एयरलाइन्सको उडानमार्फत उक्त ठुलो परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालका अनुसार चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई लगाइनेछ। काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए । ‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको छु’ दाहालले भने ।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार

धेरै पढिएको

ताजा समाचार