कपाल काटेको १० लाख डलर जरिवाना माग


विद्यालय गएकी आफ्नी छोरीको कपाल अनुमतिबिना काटिदिएको भन्दै संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन् ।
विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारी विरुद्ध १० लाख डलरको क्षतिपूर्ति सहितको मुद्दा दायर गरेका हुन् ।

कपाल काटिएकि विद्यार्थी मिश्रित वर्णकी भएको हुँदा नश्लीय आधारमा कपाल काटिएको दाबी गरिएको छ।

तर स्थानिय प्रशासनले गरेको अनुसन्धानको आधारमा विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो । ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्नबाट रोकिएको थिएन।

जर्नी नाम गरेकी विद्यार्थी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो भने अर्को भागमा लामो भएको कारण बराबर बनाउन शिक्षिकाले कैंची चलाएकी थिईन । तर यो घटना नश्लीयको कारण हुनपुगेको दावी सहित अदालत पुगेको छ।

 

 

 


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार

धेरै पढिएको

ताजा समाचार