चिनियाँ अन्तरिक्ष यात्री पृथ्वी फर्किए


तीन जना चिनियाँ अन्तरिक्षयात्री ९० दिन लामो अन्तरिक्षको बसाईं सकेर पृथ्वीमा ओर्लिएका छन् । यो नै चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्षको बसाईं हो ।

पृथ्वीभन्दा ३८० किलोमिटरमाथि चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर उनीहरू फर्किएका हुन् । चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बो नाम गरेका चिनियाँ अन्तरिक्ष यात्रीहरूले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ बजे चीनको भित्री मङ्गोलियाको मरुभूमिमा अवतरण गरेका हुन् । सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।

अन्तरिक्षमा सर्वाधिक लामो समय बस्ने रेकर्ड भने रसियाका भालेरी भ्लादिमिरोभिख पोल्याकोभले बनाएका छन् । उनले लगातार ४३७ दिन अन्तरिक्षमा बिताएका छन्।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार

धेरै पढिएको

ताजा समाचार