समाजवाद !


समाजवाद वा जनवाद
यी नामहरू
भन्दा र सुन्दामा
कति आकर्षक लाग्छन्;
यसो बुझ्दा
वर्षौको अनुभव र अभ्यासले
जे बताउँछ र सिकाउँछ
त्यो नै त्यसको सही अर्थ हुन्छ ।
यही अर्थ नबुझेर
उसको शब्दको खेतीपातीमा
तिमी अल्झीरहँदासम्म
तिमी र तिम्रो समाज
सधैँ भँड्खालोमा जाकिईरहन्छ ।

– कमल स्पन्दन


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार

धेरै पढिएको

ताजा समाचार