बस दुर्घटनामा तीनको मृत्यु, २४ घाइते


चितवनको गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगरका ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।

उक्त दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर रहेका छन् । १४ जनाको अवस्था सामान्य रहेको छ भने ७ जना मध्यम किसिमको घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थियो ।


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार

धेरै पढिएको

ताजा समाचार