ऋषिपंचमी र दातुन


ऋषिपंचमीका दिन महिलाहरूले प्रयोग गर्ने दातुन (संस्कृतमा : अपामार्ग) का विषयमा निकै खुल्दुली लाग्यो र मैले इन्टरनेट र आयुर्वेदका कितावमा मा यसका विषयमा खोज गर्दा निकै रोचक तथ्यहरू फेला परे | यस पछि कुनै पनि हिन्दू चालचलनहरू अबैज्ञानिक छैनन् भन्ने निष्कर्षमा पुगें | नेपालमा तीजको ब्रतको देस्रो वा तेस्रो दिन (ऋषि पंचमी) महिलाहरूले ३६५ बटा अपामार्गका डाँठहरू चपाएर आत्मसुद्धि गर्छन् र त्यतिनै संख्याका पातहरूले पानी आचमन गर्छन् | यो प्रथा कहाँ र कहिले देखी चल्यो भन्न सकिन्न तर मेरो अध्ययनले यो चलन निकै बैज्ञानिक रहेको फेला पर्यो | यसको बैज्ञानिक नाम Achyranthes aspera हो भने अंग्रेजीमा यसलाई devil’s horsewhip भन्ने गरिन्छ | यसको उत्त्पत्ति थलो अमेरिका भएको र पछि संसारभरी फैलिएको मानिन्छ | विश्वमा यसको फरक-फरक रोग वा समस्या निको पार्न प्रयोग भएको पाइयो | इथोपियाका आदिवासीहरूले यसको प्रयोग अनिच्छित गर्भ धारण बाट जोगिन यसको जुस पिउने गर्छन् भने भने छोटो समयको गर्भपात गर्न पनि यसको प्रयोग हुँदो रहेछ | तर यसको अर्को प्रयोग खासगरी अफ्रिकन देशहरूमा गर्भ नरहने समस्या समाधान गर्ने प्रयोग गरिँदो रहेछ | यसका लागि त्यहाका आदिवासीहरूले यसका फूलको धुलो दुधमा मिसाएर खाने, यौन सम्वन्ध बनाउनु पहिला जराहरू चपाउने गरिँदो रहेछ | तर गर्भवती महिलाहरूका लागि भने यसको प्रयोग (दातुन गर्ने काम) हानीकारक हुनसक्छ भन्ने कुरा इथिपियाली बिबिको खोजले पुष्टि गर्छ | खासगरी यसको प्रयोगले यौनजन्य रोगहरू र गर्भधारण सम्वन्धि समस्याहरूको समाधान हुने सूचनाहरू नेटमा छरिएका छन् | नेपालमा पनि दनुवार जातिहरूले परम्परागतरूपमा दवाईको रूपमा यसलाई प्रयोग गर्दा रहेछन् | छाला सम्वन्धि रोग, दांतका रोग, यौनजन्य समस्याहरूमा यसको प्रयोगका अनेक उदहारण छन् | महिलाहरूले तीजपछि आत्मशुद्धिका लागि अपामार्गको प्रयोग गरेर साच्चि नै विविध अर्थमा आत्म सुद्धि र यौनजन्य रोगबाट मुक्त भै पुन: यौनका लागि पुनर्ताजगी प्राप्त गर्ने कुरामा शंका रहन्न |


प्रकाशित : २०७८ भाद्र २८, सोमबार

धेरै पढिएको

ताजा समाचार