हजारौं विघा जमिन बन्यो बगर


लगातारको वर्षातका कारण सप्तकोसीनदिको बाढी बस्ती नजिक आएपछि करिव पाँच हजार जनाको ज्यान जोखिममा परेको छ । सुनसरीको श्रीलंका टप्पुको पश्चिमको भूभाग तथा चिलैया लगायतका आसपासका क्षेत्रमा नौ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई कटान गर्दा २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमेको छ ।
श्रीलंका टापुको गरैया टोलका ४५ घर परिवार बसेको बस्ती नजिक कोसीको बाढि आएकाले जुनसुकै बेला बगाउन सक्ने अवस्था आएको छ। बाढि बस्ती नजिक आउदा समेत स्थानिय, प्रदेश र संघिय सरकारले यहाँका वासिन्दाको सुरक्षामा चासो नदेखाएको भनेर स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।
बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, स्थानियवासिन्दा र संचारकर्मीहरुको टोलीले कोसी प्रभावित क्षेत्रको आइतवार निरीक्षण गरेका थियो । मेयर खनालले सप्तकोसीले पश्चिम क्षेत्रमा तीन किलोमिटर चौडाइ र नौ किलोमिटर लम्वाई भन्दा बढि क्षेत्र कटान गरी मानव बस्तीमा प्रबेश गर्न लागेको बताए । उनले मानव बस्तीको डेढ सय मिटर सम्म कोसी बग्न थालेकाले तत्काल कटान नियन्त्रणको काम गर्न र नगरवासिलाई सुरक्षित स्थान तर्फ सार्ने व्यबस्था मिलाउन संघिय सरकारसँग माग गरेका छन् ।
यसै क्रममा गृहमन्त्री बालकृष्ण खाणसहितको टोली कटान तथा बस्ती डुवान भएको क्षेत्रको स्थलगत अवलोकनका लागि उदयपुरको बेलका नगरपालिकाको प्रभावित क्षेत्र पुगेको छ ।
गृहमन्त्री खाणसहितको टोली कटान प्रभावित क्षेत्रमा उपस्थित उदयपुर, सुनसरी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकृतहरुसंग सप्तकोशी नदीमा आएको बाढी र कटानले बेलका नगरपालिकाका साथै अन्य जिल्लामा पारेको प्रभावका बारेमा जानकारी लिने बताइएको छ ।
इण्डियाको नियन्त्रणमा रहेको कोसी व्यारेजका सबै ढोका नखोलेका कारण कोसी नदीमा आएको बाढिले हाल सम्म ५० हजार विघा भन्दा बढि खेति योग्य जमिन कटान गरेको छ । पूर्वी तटबन्दमा बगिरहेको सप्तकोसी यस पटक भने पश्चिम तर्फ फर्किएको छ । इण्डियाको विहार सरकारले पूर्वी तटबन्द निर्माणको काम गरेपछी कोसीले पश्चिम तर्फ धार परिवर्तन गरेको हो । इण्डियाले पश्चिम तर्फ तटबन्द निर्माण नगरेका कारण यस क्षेत्रमा बाढिले बर्षेनी हजारौं विघा जमिन कटान गर्ने गरेको छ ।


प्रकाशित : २०७८ भाद्र २८, सोमबार

धेरै पढिएको

ताजा समाचार