नक्कली नोटको सक्रिय गिरोह पक्राउ


जाली नोटको कारोबारो भएको सुचना पाएपछि बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोह पक्राउ गरेको छ । प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो ।
शनिबार बिहान निजगढ आइपुगेर अप्रेशन सुरु गरेको प्रहरीको स्पेशल टास्क फोर्सले दिनभरी नै अप्रेशन जारी राखेको थियो । प्रधान कार्यालय काठमाण्डौँबाट निजगढ पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा होटल तारा इनमा अप्रेशन सुरु गरेको थियो । बिहान ९ बजे होटेल छिरेको प्रहरी टोलीले बेलुकी ७ बजे सम्म तलासी तथा निगरानी गरेको थियो । होटेलबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरी ५ जनालाई प्रहरीले पक्राउ गरी उनिहरुले प्रयोग गर्ने स्कारपियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ परेका पाँचैजनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । प्रहरी श्रोतका अनुसार, भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो ।
क्राउ परेका मध्येका केही व्याक्ति विगत ३ वर्ष देखि होटलको नियमित ग्राहक थिए । उनीहरुले आफूहरुलाई जग्गाको कारोबारी भएको परिचय दिएका थिए । होटल सञ्‍चालकका अनुसार पछिल्लो पटक उनीहरुले होटलको दुईवटा कोठा बुक गरेर बसेका थिए ।
यसै साता रौतहट जिल्लाको नेपाल-भारत सीमा क्षेत्र नजिकैबाट १,००० रुपैयाँ दरका करिब १० लाख नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
विगत पाँच वर्षको प्रहरी विवरण हेर्दा भने आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा ठूलो मात्रामा (कुल दुई करोड ६४ लाख ८८ हजार ६७० रुपैयाँ बराबरको ) नक्कली नेपाली नोट बरामद भएको थियो। थियो ।
पहिले नेपालमा भारतीयलगायत विदेशी मुद्राका नक्कली नोटहरू धेरै भेटिने गरेकामा केही वर्षयता जाली नेपाली नोट पनि भेटिनु चिन्ताको विषय रहेकोछ।


प्रकाशित : २०७८ भाद्र २७, आईतवार

धेरै पढिएको

ताजा समाचार