खुल्याे पशुपतिनाथ मन्दिर । कमजाेर व्यवस्थापन । भक्तजन प्रतिकाे व्यवहार सहि नसक्नुकाे


विश्वका सम्परूर्ण सनातनीले मानेका आराध्यदेव श्री पशुपतिनाथ मन्दिर पहिलो लकडाउन्डमा १ वर्ष बन्द भयाे । दोस्रो लकडाउन्डमा ६ महिना बन्द भयाे । हिजोबाट मन्दिर खुलेको कुरा सम्पूर्णलाइ जानकारी गराउँदछु । तर मन्दिरको व्यवस्थापन समूह र सुरक्षाकर्मीले श्रद्धालु भक्तजन र टिका लगाइदिन बस्ने पुरोहित, गुरूवर्गहरूसँग गरेको व्यवहार देख्दा मन साह्रै खिन्न भएर आयो । धर्म कर्म गर्ने क्षेत्रमा पनि दलाली गर्ने, नेतागिरी गर्ने र भक्तजनहरूलाई मन्दिर प्रवेश गराउँदा पनि दाहिने पारेर परिक्रमा गराउनु पर्नेमा देब्रे पारेर परिक्रमा गराएको छ। यस्ताे उल्टाे हुने गरी, नियोजित तरिकाले एकदमै षड्यन्त्र पुर्वक सुरक्षाकर्मी खटाइएको छ ।  थुक्क अधर्मी ( पापी ) सरकार ! यति साह्रै विवेकहीन सरकार संसारमा अन्त कहिँ पनि छैन होला ! यिनीहरूमा पाप धर्म, मानवता , सहृदयता भन्ने कुनै पनि भाव रहेन छ । यिनीहरू पैसाको लागि सबै बेच्न तयार हुने । आमा, छोरी , दिदि बहिनी बेच्न तयार हुने सरकारको के आशा गर्नु हामी जनताले ? यति र यस्तो अवस्था हुँदाहुँदै पनि केही नेपाली जनता यस्ता कुपुत्र , कुपुत्रि जो सरकारमा छन यिनकै पछि लागिरहेका छन् । आफ्नै सन्तानको भविष्य खाल्डेमा हाल्दै छन । खराब प्रवृति र खराब नेत्रित्व भएकाले सरकारको नेतृत्व लिए पछि राम्रो कामको के आशा गर्नु ! दण्ड जरिवाना, जन्म कैद गर्नु पर्ने व्यक्तिहरू नै सरकारमा छन् । यस्ता प्रवृत्तिका व्यक्तिले देशमा शान्ति सुरक्षा, ऐन-नियाम, कानुनको पालना गर्न गराउन सक्लान ?

अब यि र यस्ता व्यक्तिहरूबाट देश पार लाग्दैन । देशको कुनै क्षेत्र वा अंग विकास वा सुधार भएको देख्न पाएका छैनन् जनताले । अबको पुस्ताले यि र यस्ता व्यवस्थालाई परिवर्तन नगरि देश सुधार हुने पक्षमा छैन । त्यसैले जरोकिलो महाअभियानले नेपालको पूनर्जागरण गर्ने , धर्म, संस्कार, संस्कृति, मूल्यामान्यता पूनःस्थापित गर्ने, संरक्षण, प्रवधन गर्ने भनेर विभिन्न क्षेत्रमा काम गरिरहेको छ । जस्तै :- सनातन धर्म महासंघ नेपालले “धर्म सम्बन्धि काम गरिरहेको छ ।” मौलिक जरोकिलो पार्टीले “ राजनिती सम्बन्धमा काम गरिरहेको छ ।” सहृदयता उद्यमशिलताले  “उद्यमशिलता सम्बन्धमा काम गरिरहेको छ ।”  युग निर्माण महिला समाज नेपालले “महिलाहरूको सम्ब न्धमा काम गर्दछ ।” प्रगतिवादी युवा समाजले “ युवाको सम्ब न्धमा काम गरिरहेको छ।”

यसरी सबै क्षेत्रमा विज्ञ व्यक्तिहरूले काम गर्दै आएको एक मात्र संस्था जरोकिलो महाअभियान हो । हाम्रो धारणा भनेको आफ्नो क्षेत्रमा विज्ञ व्यक्तिले काम गर्नु पर्छ भन्ने हो । विश्वको सबै भन्दा ठूलो आस्था बोकेको मन्दिर पशुपतिनाथ क्षेत्र व्यवस्थापन समूह र सुरक्षाकर्मीले भक्तजनहरू प्रति गरेको व्यवहार सहि नसक्नुकाे छ । यस्ता कुपात्रहरूको हालिमुहाली कहिले सम्म हो ? यि व्यक्ति र यस्ता व्यवस्थाको अन्त्यको लागि नेपाल जनता एकजुट हुने बेला भएको छ ।

 


प्रकाशित : २०७८ भाद्र २६, शनिबार

धेरै पढिएको

ताजा समाचार