मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियुक्ति विरुद्ध अनतरिम आदेश


 

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियुक्तिहरू कानुनसम्मत नभएको भन्दै जनकपुर उच्च अदालतले प्रदेश न २ सरकारद्वारा गरिएको नियुक्ति र  सम्पूर्ण सेवा सुविधा तथा तलब रोक्का गर्न अन्तरिम आदेश दिएको छ। न्यायधिश धीरबहादुर चन्दको एकल इजलासले तत्काल कामकाज, तलब सुबिधा रोक गर्न अन्तरिम आदेश जारी गरेको छ।
“मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरू कानुन सम्मत भएको देखिँदैन । अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल नियुक्तिहरू कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु” भनि जनकपुर उच्च अदालतको आदेशमा उल्लेख गरिएको छ।

प्रतिष्ठानको ऐन अनुसार नियुक्ति नभएका कारणले गर्दा काम, तलब र सुबिधा रोक्न जनकपुर उच्च अदालतले आदेश दिएको छ। देवनन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विरोधी बनाई प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, शिक्षा प्रमुख डा. अडकुर साह, र रजिस्टारमा डा. विनोद कुमार यादवलाई नियुक्ति गरेको विषयमा उच्च अदलात जनकपुरमा मुद्दा दर्ता गरेका थिए।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार

धेरै पढिएको

ताजा समाचार