न्यु योर्कमा बाढी, आपतकालीन अवस्थाको घोषणा


२ सेप्टेम्बर। अमेरिकाको न्युयोर्क प्रान्तमा प्रथम पटकको बाढीको अनुभव गरेको छ। इडा नामक तुफानका कारणले गर्दा न्यु योर्कमा सो बाढी आएको अमेरिकी मौसम विभागले जानकारी दिएको छ।
उक्त बाढीका कारणले गर्दा हाल अमेरिकाको न्यु योर्क प्रान्त र न्यु जर्सी प्रान्तमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्।
न्यु योर्कका मयोर बिल डे ब्लासियोले उक्त बाढीलाई अत्यन्त डरलाग्दो वतावारणीय गतिविधिको संज्ञा दिएका छन् ।
हल सामाजिक संजालमा सार्वजनिक भएका तस्बिरले मानिसको घर, सडक तथा मेट्रो स्टेसनहरु पुरै जलमघ्न भएका छन्। न्यु जर्सी प्रान्तमा हल सम्म एक जनाको मृत्युको र ९ ओटा घरहरुमा पूर्ण क्षति भएको जानकरी आएको छ।
राज्यको प्रशासनद्वारा उद्धार टोली खटाइएको तर उद्धार गरिनु पर्ने मानिसको यकिन तथ्यांक भने नरहेको जानकारी दिएको छ।

आइतबार लुईजीयाना प्रान्त हुदै छिरेको इडा तुफानका कारणले गर्दा अमेरिकाका उत्तर पूर्वी प्रान्तहरुमा सतर्कता उच्च छ भने न्यु ओर्लन प्रान्तमा रात्रीकालिन करफियु जारी गरेको छ।

 


प्रकाशित : २०७८ भाद्र १७, बिहीबार

धेरै पढिएको

ताजा समाचार