संसारकै सबैभन्दा आकर्षक लामखुट्टे


तपाइलाई थाहा नै छ तपाईहामीले देख्ने गरेको लामखुट्टे साधारण किसिमको हुन्छ तर मध्य र दक्षिन अमेरिका उष्ण प्रदेशमा पाइने साबेट्स प्रजातिको लामखुट्टे निकै सौन्दर्य हुन्छ जसको खुट्टा अद्भुत भुवादार र इन्द्रधनुषी चमक भएको हुन्छ। यसको सौन्दर्य देखेर तपाई चकित नै पर्नुहुन्छ। हामीले देख्ने गरेको लामखुट्टे आकर्षक नहुनुका साथै कम संक्रामक हुन्छ तर उष्ण प्रदेशमा फैलिने रोगहरु जस्तै ; येलो फीभर र डेङ्गी को कारक यही आकर्षक साबेट्स जातको पोथी लामखुट्टे हो। यसले अन्डा उत्पादन गर्न लाग्दा मात्र रगत चुस्छन्। यो तस्बिर अन्टेरिओ, क्यानाडाका गिल विजनले खिचेका हुन्। साथै उनले खिचेको यो तस्बिरको यस वर्षको वाइल्डलाइफ फोटोग्राफी प्रतियोगितामा निकै प्रशंसा भएको छ। उनले यो तस्बिर अमेजन वर्षावनमा खिचिएको हो। वास्तबमा गिल एक किटवैज्ञानिक हुन् र उनले आफ्नो विषयवस्तु राम्ररी बुजेका छन्। . गिलका अनुसार साबेट्स जातका लामखुट्टेहरु नीकै चन्चल हुनुका साथै ससाना चाल र प्रकाशको सघनतामा हुने परिवर्तनमा पनि प्रतिक्रिया गर्छ। उनका अनुसार उक्त लामखुट्टेको तस्बिर खिच्न प्रशस्त योजना र धैर्य चाहिन्छ र थोरै कष्ट पनि भोग्नुपर्छ।


प्रकाशित : २०७८ भाद्र १६, बुधबार

धेरै पढिएको

ताजा समाचार