श्रीलंकामा खाद्य संकट


वस्तु आयातको लागि बैंकहरुमा  विदेशी मुद्राको संचय सकिएसंगै श्रीलंकाले खाद्य संकटको घोषणा गरेको छ। खाद्य संकटको अवस्थालाई मध्य नजर गर्दै राष्ट्रपति गोताबाया राजापकसाले आपतकालीन अवस्थाको लागि भण्डारण गरेर राखेको चिनी, चालम र अन्य अत्यावश्यक खाद्यन प्रयोग  गर्न आदेश दिएका छन्। खाद्यन प्रयोग र वितरणको सहजताको लागि राष्ट्रपतिले उच्च सैनिक अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेका छन्।

हाल श्री लंकाका खाद्य भण्डारण तथा विक्री केन्द्रका अगाडी मानिसको लामो लाईन रहेको संचार माध्यमले जनाएका छन्।

खाद्यसंकटको समाधानका लागि सरकारले खाद्य वस्तुको दुरुपयोग गर्ने, खेर फाल्नेहरुमाथि कडा कारवाहीको नियम पनि सार्वजनिक गरेको छ तर  कोरोना महामारी फैलिने क्रम तिब्र रुपमा बढेसँगै खाद्यसंकट पनि बढ्दो क्रममा छ ।
कोरोनका कारणले गर्दा श्री लंकाको अर्थतन्त्रमा ३.६ प्रतिशतले गिरावट आएको थियो र मार्चको महिनामा सरकारले सवारीसाधन तथा अन्य विलाशिताका वस्तु आयातमा प्रतिबन्द लगाएको थियो।

श्रीलंकाका उर्जा मन्त्री उदय गम्मनपिलाले आफ्ना नागरिकसँग इन्धनको प्रयोग किफायती तवरबाट गर्नलाई आग्रह गरेका छन् ।

सन् २०२१ सम्म इन्धन जोर विजोर तवरले वितरण गर्ने श्रीलंका सरकारको तयारी रहेको छ।

 


प्रकाशित : २०७८ भाद्र १६, बुधबार

धेरै पढिएको

ताजा समाचार