इटालीमा ईच्छा मृत्युको लागि जनमत संग्रह हुँदै


१३ भाद्र । इटालीमा करिब साढे ७ लाख मानिसले इच्छा मृत्युको पक्षमा हस्ताक्षर गरेपछि इटालीको सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धि जनमत संग्रह गर्न लागेको छ । इटालीमा इच्छा मृत्युको पक्षधर बढ्दै गएकाले जनमत संग्रह गर्न लागिएको हो ।
उपचार नहुने रोगबाट ग्रसित व्यक्तिका लागि यो धेरै नै फलदायी हुने विरामीको इच्छा मृत्युको पक्षमा अभियान चलाएको लुका कोसिओनी एशोसियसनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
इटालीको संविधान अनुसार अन्य व्यक्तिलाई मृत्युवरण गर्नलाई सहयोग गर्ने व्यक्तिलाई ५ देखि १२ वर्षसम्मको कैद हुने हाल व्यवस्था रहेको छ ।


प्रकाशित : २०७८ भाद्र १३, आईतवार

धेरै पढिएको

ताजा समाचार