‘सम्झिनी, पानी छम्किने’ फिल्म बन्दै


सम्झिन पानी छाम्किनी बोलको गीत पक्कै सुन्नुभएको होला । यो लोकप्रिय गीतको नाममा फिल्म नै बनाउने तयारी गरेका छन् । तिजलाई लक्ष्यित गरेर बनाइएको यो गीत करिब एक महिना अगाडी सार्वजनिक भएको थियो । दर्शकहरूले अत्याधिक मन पराएपछि बजारमा यसको व्यापक चर्चा छ । हालसम्म यो गीतले १ करोड भन्दा बढी भ्यु पाइसकेको छ ।

गीत हिट भएसंगै गायक चौलागाँइले फिल्म बनाउने तयारी गरेका हुन् । साथै उक्त फिल्मको निर्देशक विक्रम स्वाँरले निर्देशन गर्ने भएको छ । आजकल जोसुकैको मुखैमा सम्झिनी पानी छम्किने भन्ने लय झुन्डिएको छ । तेसैले, येही नाममा फिल्म बनाउने निर्णय गरेको गाएक चौलागाँइले बताए । गायकका अनुसार यो फिल्म हाँस्यप्रधान हुने गरी लेख्ने काम सुरु भएको बताएका छन् । साथै म्युजिक भिडियो मेकिङ्गमा समेत कुनै सम्झौता नगर्ने र फिल्ममा पनि मल्टिस्टार कलाकार लिने बताएका छन्। कोरोनाको लहर कम भय पश्चात छायांकनका लागि अनुमति पाएपछि फिल्म बनाउने कामलाई अझै बढी तीव्रता दिने गायक सम्राटको भनाई छ ।


प्रकाशित : २०७८ भाद्र ९, बुधबार

धेरै पढिएको

ताजा समाचार