ब्राण्डिङ्ग गर्दा बिर्सिन नहुने १० महत्वपूर्ण कुराहरू


हामी जब आफ्नो उद्यमको ब्राण्डिङ्ग गर्ने कुरा आउँछ तब हामीले सबैभन्दा आगाडी सोच्ने कुरा के हुन् ? त्यो कम्पनीको लोगो, रंग, नाम ? तर वास्तविकता त्यो होइन । आफ्नो उद्यमको ब्राण्डिङ्ग गर्दै गर्दा पहिचान मात्र होइन कि ग्राहकमाथि त्यसको प्रभाव र उक्त उद्यमले कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुरासंग सम्बन्धित छ । उद्यमले  के र कस्तो प्रभाव परेको छ भन्ने कुराले नै सोको ब्राण्डिङ्गको कुरामा मुख्य जोड दिन्छ ।

ब्राण्डिङ्ग दीर्घकालिन महत्वको विषय भएको हुँदा हरेक उद्यमीले यसप्रति निकै संवेदनशील हुनुपर्छ । एउटा सफल उद्यमी बन्न ब्राण्डिङ्ग के कसरी गर्ने भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । आज यसै विषयमा चर्चा गर्दैछु।

१. आफ्नो पहिचानलाई स्पष्ट राख्ने :

आकर्षक नाम र ग्राफिकले मात्रै उद्यमको बारेमा स्पष्ट जानकारी दिन सक्दैन । कम्पनीको नाम, लोगो र नारा समेत यस्तो किसिमको बनाउनुपर्छ जसले कम्पनीको बारेमा मात्रै होइन यसले उत्पादन गर्ने वस्तु तथा सेवाको विशेषतालाई समेत झल्काओस् । नाम र नारा एकातिर काम अर्कोतिर भएर ब्राण्डिङ्ग सफल हुनसक्दैन् । नाम, लोगो र रंग संयोजन अति नै कमसल किसिमको देखिने बनाएर ग्राफिक डिजाईन सम्बन्धि वस्तु तथा सेवा दिछौँ भन्दा ग्राहकले पत्याउँदैनन् ।

२. सजिलै बुझ्न सकिने बनाउने :

नाम पनि त्यस्तो राख्नुपर्छ जसलाई सजिलै बुझ्न सकियोस् । कम्पनीको नाम भन्ने बितिक्कै दश थरी भद्दा शब्दको प्रयोग गर्ने तर अर्थ केही नलाग्ने भयो भने राम्रो हुँदैन । प्रचारमा ल्याउनको लागि नाम सुन्ने बितिक्कै याद हुने किसिमको राख्नुपर्छ ।

३. ब्राण्डले आफ्नो सन्देश दिनुपर्छ :

उद्यमको नाम, नारा र लोगो भनेका सो उद्यमका आधारशिलाहरू हुन् । सन्देश प्रवाह गर्ने किसिमको नाम, नारा र लोगो छनौट गर्नु अति आवश्यक हुन्छ ।

४. उपभोक्ता केन्द्रित हुने :

कस्तो किसिमको ग्राहकलाई लक्ष्यित गरेर वस्तु तथा सेवाको उत्पादन गर्न लागिएको हो त्यस किसिमको ग्राहकलाई कस्तो लोगो, नाम र नारा आकर्षक लाग्छ होला भनेर अनुमान गर्ने अथवा ग्राहकको दृष्टिकोण पनि राखेर नाम, लोगो र नारा तय गर्नु आवश्यक छ । ग्राहकको इच्छा आकांक्षा एकातिर हुने नाम र लोगो अर्कोतिर हुने भयो भने ब्राण्डिङ्ग प्रक्रिया नै असफल हुनसक्छ ।

५. विशेषता स्पष्ट पार्ने :

वस्तु तथा सेवाको उत्पादन त जो कोहिले गर्छन् । यहि वस्तु अथवा सेवा नै किन खरिद गर्नुपर्यो त ? अरु उत्पादक भन्दा के फरक छ भन्ने कुरा जबसम्म स्पष्ट रुपमा ग्राहकलाई भन्न सकिदैन । तब ब्राण्डिङ्ग प्रभावकारी बन्न सक्दैन । ग्राहकले आजसम्म उपभोग गरिरहेका वस्तु अथवा सेवाले दिन नसकेको त्यस्तो के समाधान आफ्नो उत्पादनमा छ भन्ने कुरा स्पष्ट पार्न सक्नुपर्छ।

६. अनुभावको सृजना र प्रयोग :

उद्यम सुरु गर्दै गर्दा आफ्नो विगतका अनुभव तथा हालका घटनाद्वारा प्राप्त जानकारीको उचित प्रयोग गर्न सक्नुपर्दछ । पुरानै तरिकालाई फेरी दोहोर्याउने प्रवृति नै सबैभन्दा ठुलो गल्ति ठहरिन्छ । यो गल्तिबाट पार पाउनका निमित्त आफ्नो विगतको अनुभवको प्रयोग गरी उद्यममा केहि नवीनता र मौलिकता लिएर आउनु आवश्यक छ ।

७. रचनात्मक र पहुँचयोग्य :

एक सफल उद्यमको ब्राण्डिङ्गका लागि रचनात्मक र योग्यता मुख्य अस्त्र हुन आउँछ । नयाँ उद्यमको सुरुवातसंगै सोका लागि आवश्यक पर्ने लोगो, नाम र नारामा सर्वसाधारण उपभोक्तासंग जोडिने प्रकारको रचना र सबैको मानसपटल घुम्ने प्रकारको पहिचानलाई लिएर बढ्नु पर्दछ।

८. दीर्घकालिन सोंच :

हामीले आफ्नो उद्यमको प्रारम्भ सोको ब्राण्डिङ्ग र  लोगो दीर्घकालका लागि जीवित रहने किसिमको छ कि छैन भनेर सोंच्नु आवश्यक छ । ब्राण्डिङ्ग आज वा भोलि एक दिनलाई हेरेर होइन कि अब आउने समय अर्थात् २० देखि ३० वर्ष अगाडिको  समयावधिका निमित्त हुनुपर्दछ । साथै हामीले यो कुरा बुझ्नु जरुरी छ कि मानिसको जीवनमा २० वर्ष ठुलो समय  भएपनि उद्यम र बजारका दृष्टिले हेर्ने हो भने सो सानो अवधि हुन जान्छ ।

९. संगति, मौलिक र प्रभावकारी :

ब्राण्डिङ्ग प्रक्रियाको लागि संगतिपूर्ण रहनु, त्यसमा मौलिकता रहनु र प्रभावकारी हुनु अत्यन्त आवश्यक छ । हुबहु अरुको नक्कल गर्ने अथवा अर्थ न बर्थको झन्झट सुरु गरेर ब्राण्डिङ्ग हुँदैन । विगतमा कस्ता ग्राहक आएका थिए, अहिले कस्ता छन् र भविष्यमा कस्तो ग्राहक आउने अपेक्षा गरिएको छ, सोको आधारमा ब्राण्डिङ्ग रणनीति बनाउन संगति, मौलिकता र प्रभावकारीताको आधारमा मापन गर्नुपर्छ ।

१०.लचकता प्रदान गर्नु :

जब उद्यमको ब्राण्डइंगका विषयमा कुरा आउछ तब यसको नाम, नारा र लोगोको बहस प्राथमिक रुपमा उठ्ने गर्दछ। यी विषयको निर्धारण गर्दै गर्दा हामीले कुन कुरामा विशेष ध्यान दिनुपर्छ त? हामीले त्यसका लागि यो कुरा बुज्नु आवश्यक छ कि उद्यमले आफुद्वारा उत्पादन गर्ने सेवा वा वस्तु, कुन वर्ग/छेत्रलाई विक्री गरिदै छ सो वस्तु भन्ने विषय महत्वपुर्ण छ। यी कुराहरुलाई मध्यनजर गर्दै उद्यमीले आफ्नो उद्यमको भविष्यको अवस्थाको गणनासहितको सबै अवस्थालाई समेट्ने प्रकारको हुनु आवश्यक देखिन्छ।

(एजेन्सीको सहयोगमा )


प्रकाशित : २०७८ भाद्र २८, सोमबार

धेरै पढिएको

ताजा समाचार