कांग्रेस केन्द्रीय कार्यालयमा सभापतिहरूको धर्ना


८ भाद्र, काठमाडौँ। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका गरेका छन् । आफुहरूले भाद्र ७ गतेभित्रमा पार्टीका सक्रिय सदस्यहरूको नाम पार्टीको वेबसाइटमा सार्वजनिक गर्न समय दिएको तर सदस्यहरुको नाम सार्वजनिक नभएको भन्दै धर्ना सुरु गरेको बताए । आजदेखि एक घण्टा सांकेतिक रुपमा धर्ना दिने नेपाली कांग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए । उनले क्रियाशील सदस्यता पारदर्शी नभएकाले धर्ना दिनु परेको जानकारी दिए।

 


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार