चौथाइवालेको नेपालमा भेटघाट तीव्र


८ भाद्र, काठमाडौँ / नेपालमा काग्रेसको सरकार गठन भएसंगै नेपाल भ्रमणमा आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथावालेले आफ्नो राजनीतिक भेटघाटलाई तीव्रता प्रदान गरेका छन्। उनले आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका थिए ।

यही क्रमलाई निरन्तरता प्रदान गर्दै सोमबार पनि उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निजि निवासमै गएर भेटघाट गरेका छन्।

सोमबार चौथाइवालेले नेपाल-भारत सम्बन्ध थप उचाईमा पुग्ने भदै ट्वीट गरेका छन् ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार