काबुल विमानस्थलमा आइएसको आक्रमणको सम्भावना


काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा लगाताररुपमा बढ्दै गएको भिड, प्रदर्शन र नाराबाजीका बीचमा अमेरिकाले काबुलस्थित हामिद कारजाई विमानस्थलमा ‘आइएस’ले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको एक सातामा १७ हजारको उद्दार गरिसकेको र अझै ६५ हजार जति बाँकी रहेको भन्ने जानकारी अमेरिकी संस्थाले दिएको र यही क्रममा अब वैकल्पिक मार्गको पनि खोजि गरिरहेको भन्ने कुरा जानकारीमा आएको छ। यो संगै अफगानिस्तानको विमानस्थलमा बढ्दै गएको भिडमाथि पनि खतरा झन् झन् गम्भीर हुँदै गएको छ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार