ओली र नेपालको तानातानमा दोस्रो पुस्ताका नेताहरू


विभाजन भएसँगै एमाले अध्यक्ष केपि र्शमा ओली र प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दुबैले युवा नेताहरुलाई भने आफ्नो पक्षमा तान्न सकेका छैनन् । विहीबार बसेको स्थाई कमिटीको बैठक पछिको विज्ञप्तिमा नेताहरुले भनेका छन् – ” पार्टीलाई विभाजनबाट बचाउन पार्टी अध्यक्षका तर्फबाट १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न र अलग पार्टी दर्ताको प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हार्दिक आग्रह गर्दछौं ।”

पार्टी भित्रै बसेर संघर्ष गर्ने भन्दै उनीहरूले ओलीलाई कारबाही फिर्ता लिन र नेपाललाई दल दर्ता प्रक्रियाबाट अलग हुन आग्रह गरेका छन् ।
एमालेका ५२ सासंद रहेको प्रदेश नं. १ मा ८ जना सांसद नेपालको पक्षमा उभिए भने शेरधन राई नेतृत्वको सरकार धरापमा पर्न सक्छ । र ओलीले चाहिँ आचार्यलाई मुख्यमन्त्री बनाएर आफ्नो पार्टीको सरकारलाई निरन्तरता दिन चाहेका छन् । प्रदेश १ मा ८ र वाग्मतीमा २ सांसद मात्रै नेपालको पार्टीमा लागे पनि एमालेले बहुमत गुमाउन सक्छ ।

तर धेरैजसो प्रभावशाली युवा नेताहरुले पार्टी विभाजन रोक्न र एकता बचाउन दुबै पक्षलाई आह्वान गरेका छन् । संयुक्त विज्ञप्ति निकाल्दै उनिहरुले भनका छनः “पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौं । पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम लचिलो हुँदै वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जनालाई गर्ने भनिएको कारबाहीलगायत सबै प्रकारका कारबाही रद्द गर्न हार्दिक आग्रह गर्दछौं ।”


प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार