अफगानी राष्ट्रपति घानी युएईको शरणमा


अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएपछि यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति अशरफ घानी र घानीको परिवारलाई शरण दिएको छ । देशमा गम्भीर विपदको अवस्था आउन नदिनको लागि आफुले देश छोडेको उनको भनाइ छ ।

साथै स्वदेश फर्किनका लागि आफु वार्तामा रहेको पनि उनले उल्लेख गरेका छन । यूएईमा शरण लिइरहेका घानीलाई ठुलो मात्रामा पैसा लिएर भागेको आरोप लागेको थियो । आफुलाई लगाएको आरोपको खण्डन गर्दै आफुलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको दाबी गरेका थिए । अफगान राजनीतिज्ञद्वारा घानीले विपदका बेला देश छोडेको भन्दै तीव्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका छन् ।


प्रकाशित : २०७८ भाद्र ३, बिहीबार

धेरै पढिएको

ताजा समाचार