विद्युत महसुल छुट, खपत बढाउने प्राधिकरणको नीति


ऊर्जा मन्त्रालयले आन्तरिक विद्युत् खपत बढाउने नीति अघि सारेको छ। यसका लागि छुट तथा सहुलियतका कार्ययोजनाहरूलाई अघि सारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

२० युनिटसम्म खपत गर्ने गरिब तथा आधारभूत वर्गका ग्राहकहरूलाई विद्युत् निःशुल्क उपलब्ध गराउने योजना मन्त्रालयले अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। साथै, विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नारालाई कार्यान्वयन गर्न ग्राहकलाई विद्युतीय चुलोको प्रयोग बढाउन विद्युत महसुलमा सुविधा दिने निर्णय भयको उनले जानकारी दिइन् ।

अबको २ वर्षमा देशलाई पूर्ण बिदुतिकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिइएको बताइन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नमा केन्द्रित हुने बताए । स्वदेशमै विद्युत् खपत वृद्धि गर्न पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनकोप्रयोग र विद्युतीय चुलोको उपयोगका लागि जनचेतना कार्यक्रम ल्याइने कुरा घिसिङ्गले बताए।


प्रकाशित : २०७८ भाद्र २, बुधबार

धेरै पढिएको

ताजा समाचार