पेपर कपमा चिया पिउन कति सुरक्षित छ ?


डिस्पोजेबल पेपर कपमा तातो पेय पदार्थको प्रयोगका बारेमा गरिएको अनुसन्धानले निकालेको निष्कर्ष अनुसार यि कपहरुमा तातो पदार्थ पिउनु स्वस्थ्यको दृष्टिकोणले गलत कुरा हो । किनभने यस्ता कपहरुबाट प्लास्टिकका शुक्ष्म कणहरु सहित धेरै हानिकारक तत्वहरु निक्लने गर्दछन् । यस्ता कपहरु उत्पादन गर्दा अत्यन्तै पातलो हाइड्रोफोबिक झिल्लीबाट बनाइन्छ । जुन अममून प्लास्टिकबाट बनेको हुन्छ । कतिपय उत्पादनकर्ताहरुले यस्ता पेपर कपलाई लिकेजरहीत बनाउनका लागि को– पोलिर्फमको समेत प्रयोग गर्दछन् ।

आईआईटी, खडपुर इण्डियाका सिभिल इन्जिनियरिङ विभागकि एसोसियट प्रोफेसर सुधा गोयल, रिसर्च स्कलर वेद प्रकाश रंजन र अनुजा जोसफले गरेको अध्ययनमा पेपर कपमा तातो पानी राखेको १५ मिनेटमा नै माइक्रोप्लास्टिकको पातलो तह कमजोर भइ निस्कन थाल्दछ ।

अध्ययनले देखाए अनुसार एउटा पेपर कपमा ८५ देखि ९० डिग्री सेल्सियस तापक्रमयुक्त १०० मिलीलिटर तातो पानी वा अन्य कुनैपनि पदार्थ यदि १५ मिनेट सम्म राख्दा उक्त कपमा पच्चीस हजार माइक्रोन आकारका माइक्रोप्लास्टिकका कणहरु निस्किए । यसको अर्थ हुन्छ कि, यदि एक जना व्यक्तिले सामान्यतया एक दिनमा तीन पटक पेपर कपमा चिया, कफि वा कुनै पनि तातो पदार्थ पिउँदछ भने सो व्यक्तिको शरिरमा दैनिक करिब ७५हजार शुक्ष्म माइक्रोप्लास्टिका कणहरु जाने गर्दछ । यस्ता रसायनले मानिसको आँखामा असर गर्नुका साथै मानिसलाई दृष्टिविहीन समेत बनाउन सक्दछ ।

उक्त सोधमा गरिएको प्रयोगमा ८५–९० सेल्सियस तातो पानी १५ मिनेट सम्म एउटा डिस्पोजेबल पेपर कपमा हालेर राखिएको थियो । र १५ मिनेट पछि उक्त पानीको जाँच गर्दा माइक्रोप्लास्टिकका कणहरु भेटिए । दोस्रो प्रयोगमा ३० देखि ४० डिग्री सेल्सियस तापक्रमको पानीमा पेपर कपलाई डुवाएर राखियो र त्यसबाट हाइड्रोफोविक झिल्लीलाई छुट्टयाइयो र फेरी १५ मिनेट तातो पानीमा राखियो । साथै प्लास्टिम झिल्लीको भौतिक, रसायनिक र मेकानिकल परिवर्तनहरुको जाँच गरियो ।

उक्त अनुसन्धानको रिपोर्ट अनुसार माइक्रोप्लास्टिकका कणहरु विषाक्त पदार्थको वाहकको रुपमा काम गर्दछन् । यसमा पेलिडियम, क्रोमियम, क्याडमियम जस्ता विषालु धातु र कार्वनिक यौगिक समेत रहेको छ । यस्ता विषालु पदार्थहरु पेयपदार्थ सँगै निलेपछि स्वास्थ्यमा निकै गम्भिर समस्याहरु आउन सक्दछन् ।
अनुसन्धानले निकालेको नतिजालाई मध्यनजर गर्दै यस्ता उत्पादनहरुको प्रयोग गर्नुपूर्व सावधानीपूर्वक विचार गर्नु आवस्यक भएको कुरा आईआईटी का निर्देशक प्रो. विरेन्द्र के. तिवारीले बताए ।
उनले भने–“हामीले वातावरणलाई अनुकूल हुने उत्पादनहरु पक्कै खोज्नु पर्दछ । तर साथसाथै हाम्रो पारम्परिक र स्थायी जीवनशीलीमा पनि वृद्धि गर्नुपर्दछ ।”

एजेन्सीहरूको सहयोगमा


प्रकाशित : २०७८ भाद्र १, मंगलवार

धेरै पढिएको

ताजा समाचार