दल विभाजन अब २० प्रतिशत सदस्यले गर्न सक्ने


अब केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । आज दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।  नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टी फुटाउनका लागि संकेत दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै अध्यादेश जारी गर्नको लागि मन्त्री परिषद्को बैठक बोलाउनुभएको थियो ।

यस अघि दल विभाजनको लागि केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्थ्यो।

 


प्रकाशित : २०७८ भाद्र १, मंगलवार

धेरै पढिएको

ताजा समाचार