विकराल बन्दै जलवायु परिवर्तन


वृद्धि सन् १८५० पछि जमीनको सतहको तुलनामा समुन्द्र सतहको तापक्रम करिव ०.९ डिग्री सेल्सियस कम भए पनि करिब दुइ तिहाइ तापक्रम भने पछिल्लो पचास वर्षमै वृद्धि भएको कुरा निक गलेज, वलिंटन विश्वविद्यालयले गरेको तीन वर्षे अनुसन्धानले देखाएको छ । समुन्द्रको अम्लियकरणको मात्रा तीव्र रुपमा बढ्नुमा कार्बण्डाइअक्साइडको अत्यधिक उत्पादन हुनुले मुख्य भुमिको खेलेको छ । जुन पछिल्लो २६००० वर्षको अवधिमा सबै भन्दा ठूलो मात्रा हो । बीसौँ शताब्दीको बीचको समयदेखि धेरै महासागरहरुमा अक्सिजनको स्तरमा कमी हुदै आएको छ । सन् १९८० पछि समुन्द्रमा तातो तरङ्गहरुको आवृत्ती भने तीव्र , लामो र गुणात्मक रुपमा दोब्बर भएको भएको छ ।

सन् १७५० पछि जति पनि हरित ग्यास उत्सर्जन भएको छ । त्यसको मात्रा अत्याधिक भएको कारण अबको एक शताव्दीसम्म धर्तिको तापक्रम बढ्ने क्रमलाई रोक्न सकिनेछैन । यसको उत्सर्जनमा नियन्त्रण गर्ने प्रयास गरियो भने त्यसको प्रभाव अनुभव गर्न सहस्राव्दीको समय लाग्ने कुरा उक्त सोधबाट प्रमाणित भएको छ।

पृथ्वीको बढ्दो तापक्रमको सबै भन्दा धेरै असर स्थानहरु मध्ये अन्टार्टीका प्रमुख हो । अन्टार्टीकाको अधिकांस भाग समुन्द्रमुनि रहेको चट्टानमा अडिएको हुनाले समुन्द्रको तापक्रम बढेसँगै बरफ पग्लिने निश्चय छ । बरफको पग्लाइसँगै समुन्द्री सतहमा पानीको मात्रा बढ्नेछ । यसका साथै ग्रीनल्याण्डको बरफ भने तातो समुन्द्रको कारण नभई तातो हावाको कारण पग्लिइरहेको छ । यसरी संसारभरी नै हिउँ पग्लिने यो तीव्रता कति बढ्नेहो भन्ने कुरा हरित ग्यासको उत्सर्जनलाई कति कटौति गर्न सकिन्छ भन्ने कुरामा नै निर्भर गर्दछ । पछिल्लो तथ्याङ्क हेर्दा केहि मात्रामा सन्तोषजनक परिणामहरु देखिएका छन् । तर विश्वस्त हुनसकिने अवस्था भने छैन।


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार

धेरै पढिएको

ताजा समाचार