पाकिस्तानी दुतावासमा बुझायो सनातन धर्म महासंघ नेपालले ज्ञापनपत्र


सनातन धर्म महासंघ नेपालले पाकिस्तानको भोङ बजारस्थित गणेश मन्दिरमा भएको तोडफोड एवं आगजनीको भर्त्सना गर्दै पाकिस्तानी दुतावासमा ज्ञापनपत्र बुझाएको छ ।

महासंघका प्रवक्ता राजन अधिकारीले हस्ताक्षर गर्नुभएको उक्त  ज्ञापनपत्रमा गणेश मन्दिरमा तोडफोडमा संलग्न अपराधीलाई कारवाही गर्नुका साथै भविष्यमा हिन्दू लगायत पाकिस्तानमा रहेका अन्य अल्पसंख्यक समुदायमाथि हुने भेदभाव, आक्रमण तथा आस्था परिवर्तनलाई रोक्न पाकिस्तान सरकारसंग माग गरिएको छ ।

वैदिक सनातन धर्म वशुधैव कुटुम्बकम् भनेर विश्वका सबै मानिसहरूसंग दाजुभाई तथा दिदीबहिनी जस्तो व्यवहार गर्ने भएको हुँदा सहिष्णुतालाई कमजोरी ठान्न गल्ति नगर्न अनुरोध गरिएको छ । संयुक्त राष्ट्रसंघ लगायत अन्तरराष्ट्रिय समुदायलाई पाकिस्तानमा अल्पसंख्यक समुदायमाथि हुनेगरेको आक्रमणका विरुद्ध एकजुट हुन आग्रह समेत गरिएको छ ।

 

 


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार

धेरै पढिएको

ताजा समाचार