मानुषी लघुवित्तको खुल्यो आईपीओ


सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको शेयर आवेदन खुला भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको बताइएको छ।

जम्मा शेयर रकम मध्ये ०.५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषका लागि रहने बताईएको छ । सर्वसाधारणले जम्मा जारी गर्न लागिएको शेयर मध्ये ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।


प्रकाशित : २०७८ श्रावण २७, बुधबार

धेरै पढिएको

ताजा समाचार