एमसीसी विरुद्ध हेटौंडामा प्रदर्शन


मौलिक जरोकिलो पार्टीले बागमती प्रदेशको राजधानी हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । पार्टीको मकवानपुर जिल्ला समन्वय समितिको आयोजनामा आज आयोजित विरोध कार्यक्रममा सहभागीहरूले एमसीसी विरुद्ध विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

मकवानपुर जिल्ला समन्वय समिति संयोजक सन्तोष बास्कोटाले नेपालमा कुनै पनि देशले फालेको रणनीतिक परियोजना लाग्नु गर्न नहुने कुरा बताउनुभयो । प्रदर्शनपछि गरिएको कुराकानीमा बास्कोटाले भन्नुभयो – ‘मौलिक जरोकिलो पार्टीले नेपालमा कुनै विदेशी रणनीति परियोजना लागु हुन दिनेछैन चाहे त्यो एमसीसी होस् वा बिआरआई वा रिभरलिंक । जबसम्म नेपालमा आफ्नै मौलिक ढाँचाको विकासको चिन्तन हुँदैन, यस्ता एमसीसी, बिआरआई र रिभरलिंक परियोजनाले दु:ख दिइरहनेछ ।’

एमसीसी विरुद्धको प्रदर्शन भन्ने बितिक्कै स्थानियहरू स्वतस्फुर्त साथ दिन आएको कुरा हेटौंडा उपमहानगर संयोजक प्रमोद कंडेलले बताउनुभयो । एमसीसीदेखि युवादेखि वृद्धवृद्धासम्म विरोध उत्रिएको हुँदा सरकारले एमसीसी संसदमा पेस गरे आन्दोलनको आँधिबेहरी ल्याउने कुरा बताउनुभयो ।

 

 

 


प्रकाशित : २०७८ श्रावण २१, बिहीबार

धेरै पढिएको

ताजा समाचार