एमसीसी विरुद्ध हस्ताक्षर यात्रा


मौलिक जरोकिलो पार्टी, काठमाडौँ जिल्ला समितिले एमसीसी विरुद्ध हस्ताक्षर यात्रा सम्पन्न गरेको छ । आज काठमाडौँको जमलबाट सुरुभएको हस्ताक्षर यात्रा बागबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सर्वसाधारणहरू स्वतस्फुर्त रुपमा एमसीसी विरुद्धको अभियानमा ऐक्यबद्धता देखाएकोले झनै हौसला बढेको कुरा काठमाडौँ जिल्ला समिति संयोजक मनोजराज आचार्यले बताउनुभयो । ‘ मौलिक जरोकिलो पार्टी एमसीसी, बिआरआई वा रिभरलिंक जस्ता नेपालको कानुनको सर्वोच्चतालाई अवमुल्यन गर्ने, नेपालको स्वाधीनतामाथि प्रहार गर्ने वा विदेशी शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने तथाकथित विकासको परियोजनाको विरुद्धमा छ ।’ संयोजक आचार्यले बताउनुभयो ।

एमसीसी विरुद्धको हस्ताक्षर यात्रा बानेश्वर, सिनामंगल, भक्तपुर लगायत सातैवटा प्रदेशहरूमा संचालन गरिने कुरा बताईएको छ ।

 


प्रकाशित : २०७८ श्रावण १६, शनिबार

धेरै पढिएको

ताजा समाचार