सदस्यता अभियानलाई साउनभरि निरन्तरता दिइने


काठमाडाैँ, ७ साउन । मौलिक जरोकिलो पार्टीले थालेको साताव्यापि सदस्यता अभियानलाई साउन मसान्तसम्म निरन्तरता दिने भएको छ । मौलिक जरोकिलो पार्टीले सदस्यता नलिएकाले लिने र पहिल्यै लिइसकेका सदस्यहरुले नविकरण गर्न साउन एक गतेबाट सदस्यता अभियानको आरम्भ गरेको थियो ।
सातै प्रदेश, जिल्ला र स्थानीय तहहरुमा पार्टीको सदस्यता लिनको लागि व्यापक उत्साह देखिएको कारण सदस्यता अभियानको समयावधि थपेर साउन मसान्त सम्म निरन्तरता दिन लागिएको पार्टीका संगठन विभाग संयोजक नुमनाथ प्याकुरेलले बताउनुभयो । स्वदेश तथा विदेशमा पनि कर्मरत रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरुले सदस्यता लिन एक हप्ताको समय अपुग भएको भनी थप समयको लागि अनुरोध आएको कारण समयावधि थपिएको प्याकुरेलले बताउनुभयो ।
सदस्यता अभियानमा पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरुका साथसाथै सातै प्रदेशका प्रमुख सहर, बजार तथा गाउँ गाउँमा पनि सदस्यता अभियानको टोली खटाएर नयाँ सदस्यता लिने र नविकरण गरिँदै छ । पार्टीको सदस्यता अनलाइनबाट पनि लिन सकिने छ । पार्टीको वेबसाइट www.raithaneshakti.org बाट नयाँ सदस्यता लिनको लागि अनलाइनबाटै फारम भर्न सकिने छ प्रवक्ता मित्रलाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार

धेरै पढिएको

ताजा समाचार