वैचारिक जालमा भ्रमको खेती

अर्बिन धिताल

नेपाली समाज विविधता, सहिष्णुता, मर्यादा, सहजता, सामाञ्जस्यता, समन्वयको पर्याय हो ।े । संसारलाई धर्मको मार्गमा हिँडाउने, सभ्यताको मूल भूमि, आफू मात्र नभएर जगत कल्याणलाई जीवनआदर्श मान्ने, आनन्द सन्तोषले रहन सक्ने साथसाथै संस्कार र संस्कृतिको बीज यही भूमि हो । यो तथ्य लुकाउन सकिँदैन भलै त्यो बिज नष्ट गर्ने व्यापक कोसिस भइरहेको किन नहोस् । यो भूमि र हामी यहाँका रैथाने तिनै आधिभौतिक, आधिदैविक र आध्यात्मिक हिसाबले जीवन सबल बनाउनु नै छ ।
पुर्खाको विरासत अनि वैभव, दर्शन र आदर्श जुन रुपमा अघि बढ्नुपर्ने थियो हामीले अघि बढाउनुपर्ने थियो त्यो भएको छैन । झनै निरन्तर हामी आफ्नो मूलबाट अलग हुँदै गइरहेका छौँ ।
जसरी रुख जरोविना अड्न सक्दैन, ठिक त्यसैगरी हाम्रो आदर्श मान्यता र जगबाट अलग रहेर यो संसारमा हामी जीउन कहाँ सक्छौ र ? मौलिकताविनाको पहिचान ज्यादै खल्लो हुन्छ । ढुंगाढुंगा बिच शालिग्राम शिलाको विशेष महत्व पनि उसको मौलिक स्वभावले गर्दा नै हो । जसरी अनन्त विरुवाबिच तुलसीको महिमा छुट्टै छ, वृक्षहरुबिच पिपल अनुपम छ, त्यसैगरी हामी यस संसारमा आफ्नो मौलिकताकै आधारमा विशेष रहनुपर्छ ।
हामी धेरै जसो जानिनजानी विधर्मी र तिनका मतियारहरुद्वारा फालिएको वैचारिक जालमा (Ideological Trap) निक्कै अल्झिएका छाैँ।
साथसाथै हाम्रा धेरै गुणकारी शब्दहरुको गलत पर्याय बनाएर प्रयोग भएको पनि देखिन्छ । दुई फरक कुराको तुलना समान विषेशताको आधारमा हुनुपर्छ जस्तो कि महिलाको तुलना पुरुषसँग अनि आकाशको तुलना धर्तीसँग ।
यदि रुखको तुलना बालुवासँग या पुरुषको तुलना किताबसँग गरे त्यो असम्मेयता दोष हुन्छ जसलाई अंग्रेजीमा (Incommensurability) भनिन्छ । नेपालमा यस्तै खाले दोष जहाँतहीँ भइराखेको छ कुनै जानेर कुनै नजानेर । यसलाई चिर्न सक्नु नै आजको आवश्यकता र गम्भीर माग हो यस माटोको ।
हामी देख्न सक्छौँ सामाजिक सञ्जालमा त्यस्ता धेरै शब्दहरुको मार्फत समाजमा घृणाका लहर सुरु गराइएका छन् । जस्तै ‘हनुमान’ शब्दको अर्थ गलत रुपमा नेताका कार्यकर्तासँग जोडिएको छ । सत्य, अनुपम भक्ति, निष्ठा, आदर्शआदिका प्रतीक हनुमानलाई पापी दुराचारी र असत्यका उपासकसँग तुलना गर्नु कहाँ जायज हुन सक्छ र ? तर यस्तै भइरहेको छ यहाँ ।
त्यसैगरी बाहुनवाद भन्ने वैचारिक जाल ल्याएर, त्यस शब्दको अर्थ Negative connotation को रुपमा उग्रताका साथ फैलाउने कोसिस भएको छ जसले नराम्रा विचार फैलाएर समाजलाई हिंसातर्फ मात्र उन्मुख गराउँछ, यसबारे तपाईँ हामी कति सजग छाँै ? सायद अधिकांश छैनौँ होला ।
यसैगरी उदारता, आधुनिकता, विकास, धर्मनिरपेक्षता जस्ता शब्दका पनि अर्थ अपूर्ण, अपरिपक्क र अवैधानिक रुपले गरिने गरेको छ । परेवालाई स्यालसँग राखिनुपर्ने हो भन्नेजस्ता भावले सिर्जित विचाराका प्रवाह धर्मनिरपेक्ष (Secularism) सँग जोडिने गरिन्छ ।
यस्ता घृणावादी, कित्ताकाटपूर्ण, कुनियोजित विचारको निरन्तर प्रवाहले थाहै नपाइ समाजमा अनिष्टका स्तम्भहरु स्थापना हुन्छ र नकारात्मक उर्जाका अवयवहरुले सत्य, न्याय र कल्याणकारी भावनाको विसर्जन हुन्छ । यो भूमिको विरासत र आदर्श हो सत्य न्याय धर्म आदर्श र जगत कल्याण जसलाई जोगाउने जिम्मेवारी तपाईँ हामी सबैको हो ।
हामी फुटे फाइदा उठाउने अरुले नै हो ।
हामी जुटे फाइदा हुने हामीलाई नै हो ।
तसर्थ, दैत्यदानवका ठुलाठुला अन्धकारी समूहलाई पनि सत्य र कल्याणको सानो दियोले पनि मेटाउने हिम्मत राख्छ, जुन दियोलाई जोगाउने काम यो पुस्ताको हातमा छ ।
आउनुहोस् भजन पनि सँगसँगै अनि कर्म पनि सँगसँगै गरौँ विदेशी विधर्मीका अन्धकारी समूहको समूल अन्त्य गरौँ ।
जरो किलो महाअभियान त्यही दियो जोगाउने प्रयासमा छ । केवल साथको खाँचो छ चाहे भौतिक या भावनात्मक ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.