आलोचनादेखि किन डराउनु ?

मिश्रादेवी कार्की

मानिसले आफुले गर्दै गरेको काममा एकै पटक सम्मान जो कोहीले पनि एकैपटक सक्दैन । सुरुवाती चरणमा कामको सम्मान नसक्ने बितिक्कै बीच मै कामलाई चटक्क छोडनु हुँदैन । आलोचना स्वाभाविक हो । गर्नेले गर्छन् । जति आलोचना गरे पनि यदि महान् लक्ष्य लिएर कार्य गरिएको छ भने सफलता अवश्य हात पर्छ । मैले अहिलेसम्म अध्ययन गरेका वैज्ञानिकहरूको जीवनीबाट पनि यो कुरा राम्रोसँग बुझ्न पाएँ । जेम्सवाटको जीवनीबाट त्यस्तै प्रेरणा प्राप्त गर्न सकिन्छ ।

जेम्सवाट बाफबाट चल्ने इन्जिनको आविस्कार गर्ने व्यक्ति हुन् । उनले जब वाष्प इन्जिनको प्रथम परिक्षण गर्दैथिए, त्यो बेला उनले खुबै आलोचना सुन्नु परेको थियो । बाफबाट पनि पानीजहाज चल्छ रे भन्ने सुनेका मान्छेहरू उक्त परिक्षण हेर्नका लागि समुद्र किनारमा भेला भए । जहाज समुद्रमा चल्नुअघि मान्छेहरूले भने -“बाफबाट पनि कसरी इन्जिन चल्छ ? कहीं यस्तो हुन्छ ? यो नहुने कुरा, हेरी राखम यो इन्जिन कसरी चल्दोरहेछ ।” मानिसहरूले यसो भन्दाभन्दै जेम्सवाट जहाजमा चढे र इन्जिन स्टार्ट गरे, नभन्दै जहाज पानीमा चल्न थाल्यो । अघिसम्म “चल्दैन” भनेर भविष्यवाणी गरेको जहाज मज्जासँग समुद्रको पानीमा तैरिएर पाँच सय मिटरभन्दा पनि टाढा पुगेपछि मान्छेहरूले भने -” यो जहाज चल्न त चल्यो तर हेरी राखम यो अब रोकिंदै रोकिदैन ।” मान्छेहरूले यसो भन्दाभन्दै केहि बेरमा जहाज जस्ताको तस्तै पहिले कै ठाउँमा आएर रोकियो । यसरी “चल्दै चल्दैन” भनेको जहाज चलेपछि र “रोकिदैन” भनेको जहाज रोकिएपछि फेरि मान्छेहरूले भन्न थाले – ” यो जहाज आज पो चल्यो, हेरी राखम भोलिबाट यो चल्दै चल्देन ।” मान्छेहरूले सोच साँघुरो घेराभित्र छ ।

नैतिक समर्थन गर्न नसक्ने रमितेहरूको काम भविष्यवाणी गर्ने हो उनीहरू भविष्यवाणी गर्दै गर्छन् , तर जेम्सवाट आफ्नो काममा निरन्तर रुपमा अगाडि बढिरहन्छन् । जहाज चलाइराख्छन् । केहि छिनमै एक टापुबाट अर्को टापुमा पुग्न सफल हुन्छन् तर आफु केही गर्न नसक्ने र अरूको काममा आलोचना गर्ने उनीहरू समुद्रतिरमै आँखा तानेर आकाशमा हेर्न वाध्य भएका थिए । उनलाई आलोचना गर्नेहरू नै चकित भएका थिए। नैतिक समर्थन गर्न नसक्ने मुर्खहरूको भिडबाट जेम्सवाट डराएर आलोचनाबाट त्रसित भएका थिए भने उनले आफ्नो आविष्कारमा सफलता प्राप्त गर्न सक्ने थिएनन् ।

मैले यो कुरा यहाँ किन जोड्न भन्छ कि भनेर डराई रहेका छौं । बाहिर निर्धक्कसंग खुलेर आफ्नो काम र कर्तव्यलाई चिनाउन भन्दा बढी घरमा लुकेर बस्ने गर्छौं ।हामीले किन त्यस्तो गर्नु पर्यो ? नेपालमा विगतमा भएका विभिन्न राजनीतिक दलका गतिविधि हेरौन कति नरसंहार भएका छन् तर हामी त त्यस्तो मार्गबाट धेरै माथि उठेर सहृदयी भएर एक आपसमा जोडिएका हौं। कसैलाई क्षति पुर्‍याउन आएका होइनौं सिंगो नेपाली परिवारलाई समस्याबाट बाहिर ल्याउन र नेपालीको पहिचान र अस्तित्व बचाउने उद्देश्य बोकेर आएका छौं । त्यसैले , न हिचकिचाई कन आफ्नो कर्तव्यलाई पुरा गर्न अडिग हुन सकौं । मौलिक अधिकार सबैलाई चाहिन्छ भने मौलिक धर्म संस्कृति र संस्कार पनि हामी सबैलाई आवश्यक रहेको छ। स्वतन्त्र पनि कति लिने भनेर बुझ्ने जिम्मेवारी हामी आफैंको हो। कसैले आलोचना गर्दैमा आफ्नो पाइला नरोकौं ।

हिजो अपराध गर्नेहरू त निर्लज्जा भएर कहिले सडक नाटक त कहिले सदन नाटक गरी रहेका छन् भने हामी निचोरिनु पर्ने किन र ? राजनीतिको ढोंगमा उभिएर जनताले दिएको मतको कदर गर्छु र देशको आर्थिक विकासमा परिवर्तन गर्छु भन्नेहरूले आफ्ना छोराछोरीलाई विदेशका विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने बाहानामा दोहोरो तेहरो सुरक्षा कवचमा राखेर, आफ्नो स्थिति विदेशी गुप्तचर संस्थाको प्रिय तुल्याएर, सोझासाझा गरिब र सिमान्तकृत जनताको काँधमा बन्दुक थमाएर, मुक्तिको सपना देखाएर, संविधान च्यात्ने र सत्ता हत्याउने दीर्घकालिन योजना बनाउनेहरूको काँधमा सराकार चलाउँदा कति मूल्यहीन र घातक सम्झौता गर्न परेको छ । त्यसको प्रत्यक्ष मार खेपिरहेका हामीलाई मात्र थाहा हुन्छ । यो तितो सत्य हामीले न बुझे कसले बुझ्न सक्छन् ? अहिले सत्ता बहिर्गमन हुनेको गन्तव्यहिन चाल पनि उहि बन्चरोले छिमेकीको टाउको फोरेको अपराधलाई, क्रान्तिकारी भाष्य वनाउँदा मात्रै सुमधुर लागेको थियो, भ्रष्टाचार र दण्डहीनताको त के कुरा गर्नु ! यस्तै नालायकहरुको शासन सहनुपर्ने कहिलेसम्म हामी सर्वसाधारणले ?

यसरी नै अपराधमा संलग्नलाई सधैंभरि देशको जिम्मा दिने र तपाईँ हामी निरयी भएर क्षति सहने हो भने निर्जीव वस्तु सहर भएर यस धर्तीमा खुट्टा टोक्नुको कुनै अर्थ हुँदैन । निर्लज्जा भएर नाफाको राजनीतिक गर्नेहरूलाई लाजसरम छैन भने जरो किलो महाअभियान र मौलिक जरोकिलो पार्टीका सम्पूर्ण सदस्यहरूले गरेको काम प्रति नैतिक समर्थन गर्न नसक्ने केही जमातले आलोचना गर्दैमा तर्सिएर आफ्ना खुट्टा लुलो बनाएर बैशाखीको साहरा लिन नखोजौं । आफ्नो भविष्य देख्न नसक्नेहरूले अरूको भविष्य पनि बनाउन सकदैनन। तिनीहरूले नै उछरींकल गर्छन्, आलोचना गर्छन् तर आफुलाई जेम्सवाटले जस्तै निरन्तरता दिनुस। आलोचना गर्नेहरूको केही लागदैन तपाईँको सत्कर्मले दिव्य ज्योति बल्नेछ । त्यसैले यो समय आलोचनासंग डराउने होइन।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.