बिर्तामोडमा सुरु भयो सदस्यता अभियान

मौलिक जरोकिलो पार्टीले आयोजना गरेको सप्ताहव्यापी सदस्यता अभियानको पहिलो दिन आज बिर्तामोडस्थित पार्टीको प्रदेश नं. १ को कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरियो । प्रदेश नं १ अध्यक्ष इन्द्रप्रसाद ओलीले प्रदेश पदाधिकारीहरूको सदस्यता नवीकरणको प्रमाणपत्र प्रदान गर्नुभएको छ।

सदस्यता नलिइसकेकालाई सदस्यता लिन र लिइसकेकालाई सदस्यता नवीकरण गर्न आयोजित यो अभियान सातै प्रदेशका कार्यालयहरूमा आयोजना हुने जानकारी दिइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश अध्यक्ष इन्द्रप्रसाद ओलीले नेपाली सभ्यता र संस्कृति सुहाउँदो एकमात्र राजनीतिक दल मौलिक जरोकिलो पार्टी नै भएको हुँदा नेपालीले दशकौंदेखि खोजिरहेको राजनीतिक स्थिरताको पार्टीकै नेतृत्त्वमा मात्रै प्राप्त हुने कुरा बताउनुभयो।

‘ युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीज्यूद्वारा अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टयलाई मार्गनिर्देशक मान्दै नेपाललाई विश्वको केन्द्र बनाउने उद्देश्यसहित स्थापना भएको मूलधारको पार्टी हो ।’ प्रदेश महासचिव अर्जुन कुमार भट्टराईले फेसबुक पृष्ठ मार्फत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.