जिन्दगी


पहाड जस्तो अटल, स्तम्भ जस्तो स्थिर भए कस्तो हुन्थ्यो जिन्दगी ।
बिस्तारै थाहै नपाइ !
पवन सरी बहन थाल्यो जिन्दगी ।।
दुनियाँ बदल्छु भन्थेँ, फगत आफूलाई नि बदल्न सकिँन,
आज !
विगतलाई धिक्कार्दै, सपना देखिरह्यो जिन्दगी ।।
थाकिएर हिँड्दैछु, सम्हालिएर फेरि अगाडि बढ्दैछु,
तर !
हजारौँ घुम्तीमा हराउन थाल्यो जिन्दगी ।।
सोचे जस्तो हुँदैन कहिल्यै, भएको सबथोक गुमाइसकेँ उहिल्यै,
अनायास !
यो मन चञ्चल हुन थाल्यो, आफै भित्र खोज्न थालेँ जिन्दगी ।।


प्रकाशित : २०७८ असार ७, सोमबार

धेरै पढिएको

ताजा समाचार