बूवा

सुरेन्द्र कुमार 'हिला'

बूवा तपाईको छोरो खेतीबारि गर्दै पढ्थ्यौ हैन
अनि मूखियाको छोरो आवारागिरि गर्दै पढ्थ्यो
थाहा छ तपाईको छोरा प्रथम पनी हून्थ्यो
बिधालय सकेर बिस्वबिधालय पनी पढाउदै-पढ्थ्यो
र, मूखियाको छोरो आन्दोलन र लडाई गर्दै पढ्थ्यो
बिधा बारिधीको लम्बान्धक पनी
हजूरको छोराको प्रथम थियो

बूबा तपाईलाई थाहा छ हजुरको छोरा
लेकसेवाको परिक्षामा प्रथम
र, अन्तर्वातामा अन्तिम किन हून्थ्यो
अनी, मूखियाका भान्जा-भान्जि
ठालूका भतिजा-भतिजी अन्तर्वातामा कसरि प्रथम हून्थे भनेर

तपाईलाई याद छकि छैन बूबा
तपाईले मिहिनेत गरेर पढाएको छोरो खाडिमा गएको दिन
र, तपाईले भोट दिएर सरकारमा पठाएको मूखियाको छोरो
राजनितिमा गएको दिन एकै हो भनेर
हेर्नूत फरक
कोसी नदि र सूनसरी खोला जस्तो
सगरमाथा र माछापूछ्रे हिमाल जस्तो
कती सजीलै छूटिन्छ

मूखियाको छोराको दरबार छन
पजेरो छन
ब्यापार छन
बूढी हाकिम छ
काका राजदूत छ
मामा सिडियो छ
ससूरा कूलपती छन
सालो सल्लाहाकार छ
साली आयोगमा छ
आमा समानूपातीकमा छ
कोहि न कोहि कहि न कहि छ
तपाईको छोराको हेर्नूत
घर धितोमा छ
बुढी गृहणी छ
काका हली छ
ससूरा गोठालो छ
मामा खेतालो छ
सालो एयरपोर्टको पालोमा छ
साली खेतको आलीमा छ
बूबा किसान छ
हेर्नूत फरक
गण्डकी नदि र लोथर खोला जस्तो
मकालू र कान्जिरोवा हिमाल जस्तो
कती सजीलै छूटिन्छ

बूवा फेरि पनीत उहि मूखियालाई भोट दिनू भो
पात्र नफेरिएपछी
कथा कसरि फेरिन्छ
कहानी कसरी फेरिन्छ
हेर्नूत तपाईको नाती राहदानी बोकेर
खाडि जान बाध्यतामा छ
मूखियाको नाती राहदानी बोकेर
यूकेमा पढ्ने रहरमा छ

बूबा अब त थाहा भयो होला
पात्र नफेरिएपछी
कथा नफेरिदोरहेछ
कहानी नफेरिदोरहेछ भनेर
यसपाली औला नफेरेपनी
मसिको रंग नफेरेपनी
तपाईको भोटले मुखिया फेरिदिनू है
तपाईको पनाती
मेरो नातीले
आफ्नो भबिस्य
नेपालमै भोग गर्न पाओस
बूबा, खाडिमा सार्है गार्हो छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.