विश्व भुटानी हिन्दू संगठनले राहतको लागि दियो रु. एक लाख

विश्व भुटानी हिन्दू संगठन (GBHO) ले जरो किलो महाअभियान मार्फत् सेवा कार्यको लागि रु. १ लाख प्रदान गरेको छ । जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारी ज्युले फेसबुक मार्फत सूचना दिनुभएको हो ।

कोरोना भाइरस महाव्याधिको कारणले लगाइएको निषेधाज्ञाले बेरोजगार, ज्यालादारी तथा ज्यादै विपन्न वर्गलाई भोकमरीको अवस्था नपरोस् भनी जरोकिलो महाअभियानले खाद्यान्न वितरण गरिरहेको छ । वैशाख २५ गतेदेखि सुरु गरिएको खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत हालसम्म ७०० परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न उपलब्ध गराइएको कुरा राहत वितरणमा संलग्न अभिषेक जोशी र अम्मर परियारले जानकारी दिनुभएको छ ।

विश्व भूटानी हिन्दू सङ्गठनले प्रदान गरेको सहयोग रकमले धेरै परिवारलाई राहत पुग्ने कुरा डा. अधिकारीको फेसबुक पोस्टमा उल्लेख छ । संगठनका अध्यक्ष कमल धिमाल लगायत सबै सदस्य महानुभावलाई साधुवाद ज्ञापन गर्दै लेख्नुभएको छ – संसारको जुनसुकै देशमा बसोबास रहेको भएतापनि नेपालमा समस्या परेको देखेपछि मद्दतको लागि कदम अगाडि बढाउने सहृदयतापूर्ण विचार र व्यवहार विश्व भूटानी हिन्दू सङ्गठनको रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.