यी हुन् नेपालका मौलिक कला

डा. गोविन्दशरण उपाध्याय

नेपाली शिक्षाविद् तथा नीतिनिर्माताहरूले प्राचीनतम समयदेखि अध्ययन/अध्यापन गर्दै आएका यी विषयहरू वारे थाहा छ कि छैन ? यी प्राविधिक शिक्षाका विधाहरू आज पनि समाजमा प्रचलित छन् । विषयहरू थपिएका छन्, घट्ने सवाल नै छैन । अहिलेको नेपाली समाजमा स्वरोजगारको समस्या छ भने सिटिभीइटीआदि संस्थाहरूले वैदिक कालदेखि प्रचनमा रहेका निम्न विधाहरूसहित अन्य विधाहरूको शैक्षिक व्यबस्था गर्दा के हुन्छ ?

आफ्नै मौलिक तथा रैथाने प्रणालीको विस्तारमा ध्यान नदिने, नक्कल गर्न मात्रै तम्सिएर देश र समाजको विकास हुन्छ भन्नेहरू “झूटा” हुन् । सबै अरूका राम्रा हुँदैनन्, सबै थोक आफ्ना नराम्रा हुँदैनन् । असल कुराहरू विश्वबाट ग्रहण गर्नुपर्छ, आफ्ना असल कुराहरू विश्वभरि पुर्याउनु पर्छ ।

आज राजनैतिक दलका नेताकार्यक्रता, शिक्षाविद्हरू र विकास कर्मीहरूको चासो कला अर्थात् (Vocational education) मा छ । मैले लामो समयदेखि अध्ययन गर्दा के पाएँ भने नेपालजस्तो देशका युवायुवतिहरूलाई स्वरोजगारमा केन्द्रीत गर्ने हो भने कामसूत्रले स्थापित गरेका ६४ प्रकारका कलाहरू (Vocational education)  सबैभन्दा उपयुक्त ठहरिन्छन् । आज पनि नेपालमा केही वाहेक सबै ६४ प्रकारका कलाहरू सिकाउने जनशक्ति उपलब्ध छ ।

शिक्षामन्त्रालयका कर्ताधर्ताहरूले भन्नुपर्छ तल दिएका ६४ कलाहरू मध्ये कुन काम नलाग्ने वा तुरुन्त रोजगार दिन नसक्ने छ ? ठूलाठूला कुरा गर्ने तर स्थानीय जनशक्ति, स्थानीय साधनस्रोत तथा ज्ञानको सर्वोत्तम उपयोग गरेर दक्ष जनशक्ति (विश्वभरी सजिलै विक्ने) तयार गर्नेतिर फिटिक्क माखो नमार्नेहरूका के भन्नु !! यी ६४ कलाहरू स्थानीय जनशक्ति, स्थानीय स्रोतसाधन र अत्यन्त न्यूनतम खर्चमा सिकाउँन सकिने विषय हुन् ।

सरकार त सरकार नै भैहाल्यो ! प्राचीन गुरुकुलहरूमा उपरोक्त विषयहरूको छुट्टाछुट्टै पठनपाठनको व्यबस्था भएको हुँदानै यी विषयहरूको सिलेवस बनेको हो । आजका गुरुकुल तथा पाठशालाहरूले निम्न ६४ कलाहरू मध्ये स्थानीय आवश्यकता, जनशक्तिको उपलब्धि तथा स्थानीय स्रोतका आधारमा ५ देखि १० बटासम्म कार्यक्रमहरू संचालन गर्न सक्छन् । निजिस्तरका गुरुकुलहरूले पनि आफ्नो अनुकुलका Vocational education विषयहरूको पाठ्यक्रम बनाएर पढाउन सक्छन् ।

यजुर्वेदको तेस्रो अध्यायको चौथो मन्त्रदेखि २२ मन्त्र सम्म र कामसूत्रको कामसूत्र १.३.१५ मा निम्न चौसठ्ठी प्रकारका (कला) अर्थात् (Vocational education) को प्रष्ट उल्लेख गरिएको छ :

१- गानविद्या

२- वाद्य – भांति-भांतिका बाद्यवादन

३- नृत्य

४- नाट्य

५- चित्रकारी

६- बुट्टा भर्नु

७- विभिन्न सामाग्री प्रयोग गरेर उपहार बनाउनु

८- फूलका विभिन्न मालाआदि निर्माण गर्नु

९- दांत, वस्त्र तथा अंगहरूमा रङ्ग लगाउनु ब्युटीपार्लर

१०- ढुंगाका विभिन्न वस्तु निर्माण गर्नु

११. शय्या-रचना

१२- पानीलाई कलात्मक रूप दिनु

१३- जादु इत्यादि देखाउनु

१४- हार-माला आदि निर्माण गर्नु

१५- कपाललाई कलात्मक बनाउनु  (नाउँको काम)

१६- गहना र कपडा निर्माण गर्नु

१७- फूलले सजावट गर्ने काम

१८- कान सजाउनु

१९- सुगंध वस्तुएं-इत्र, तैल आदि निर्माण गर्नु

२०- इंद्रजाल-जादूगरी

२१- रूप फेर्नु

२२- हातले फुर्तिलोसंग काम गर्नु

२३- अनेकौं प्रकारका खाद्य समान बनाउनु (सेफ)

२४- अनेकौं पेय पदार्थ निर्माण गर्नु

२५- सियोको काम जान्नु

२६- पुतली निर्माण र नाँच

२७- गाउँ खाने कथा जान्नु

२८- काठ वा ढुंगाका मूर्ति कुद्नु

२९- कूटनीति

३०- पढाउने कला (शिक्षक/विद्या)

३१- नाटक आख्यायिको रचना जान्नु

३२- समस्यापूर्ति गर्न जान्नु

३३- शस्त्रअस्त्र-निर्माण गर्नु

३४- गलैचा, दारी आदि बुन्नु

३५- काठको कारीगरी

३६- घरको कारीगरी

३७- रत्नपरीक्षा परीक्षा ज्ञान

३८- सुनचाँदीको काम (सुनार)

३९- हिरामोति चिन्ने कला

४०- खानी सम्बन्धि ज्ञान

४१- वृक्ष चिकित्सा

४२-पशु चिकित्सा

४३- पशुपक्षीको बोली जान्नु

४४- उच्चाटनकी विधि

४५- शरीरको सफाई विधि

४६- मनोविज्ञानको ज्ञान

४७- म्लेच्छित-कुतर्क-विकल्प

४८- अनेकौं भाषाको ज्ञान

४९- शकुन-अपशकुन जान्नु

५०- मातृकायन्त्र निर्माण गर्नु

५१- रत्नहरूको कटनी

५२- सांकेतिक भाषाको ज्ञान

५३- तत्कालै गीत रचना गर्ने कला

५४- आविष्कार गर्ने कलाहरू

५५- छल

५६- शब्द ज्ञान

५७- छन्दहरूको ज्ञान

५८- लुकाउने कला

५९- द्यू्त क्रीड़ा

६०- आकर्षक देखिने कला

६१- बालप्रिय खेल/विभिन्न खेलहरूको ज्ञान

६२- मन्त्रविद्या

६३- युद्धमा विजय प्राप्त गर्ने कला

६४- वेतालआदिलाई वस पार्ने विद्याको ज्ञान

उपरोक्त सबै विषयहरू स्वतन्त्र तथा मिश्रित सिलेवसको हैसियत राक्छन् । उदहारणका लागि आजभोली गायक/गायिका बन्ने रहर नभएको मान्छे हुँदैन । उदाहरणका लागि हरेक विद्यालयहरूले प्रथिमिकतहमा भए पनि सङ्गीत सिकाएकै हुन्छन् । प्राचीन र आधुनिक मिश्रितसंगीत सिक्नका लागि स्वतन्त्र Sangiit Vocational training school संचालन गर्न सकिन्छ ।

रैथाने बाजाहरूको निर्माण तथा बजाउने सम्वन्धि ज्ञानहरू लोप हुँदैछन् । विदेशी सङ्गीतले रैथाने सङ्गीत र बाद्यवादनका साधनहरूको विनाश हुँदैछ । यदि हामीले “बाद्य” (मृदंग, मुचुन्गा, सहनाई, दमाहा, ट्याम्को, मुरली) आदिको निर्माण, सिकाईका लागि “बाद्य-वादन स्कूल” खोलेर इच्छुक समुदायलाई सिकाउने काम गर्न सकिन्छ । नेपालको गंदर्भजातिले यो काम परापूर्वकालदेखि नै गर्दै आएको छ । उनीहरूलाई नै निकाय खडा गरेर जिम्मेवारी दिने हो भने बाद्यवादनको संरक्षण मात्र होइन प्रवर्धन पनि हुन्छ, स्वरोजगारी बढ्छ ।

फ्रान्स सुगन्धि (परफ्युमको) उत्पादनका लागि प्रसिद्ध छ भने इटाली सुन्दरी प्रतियोगिताका लागि । यजुर्वेदले यी दूवै विषयजरूलाई स्वतन्त्र सिकाईका विषयहरूका रूपमा स्थापित गरेको छ । फ्रान्सेलीहरूले आज पनि परम्परागत शीपको प्रयोग गरेर सुगन्धि उत्पादन गरिरहेका छन् भने इटालीको मिलानो सहर मोडेल उत्पादनको लागि प्रसिद्ध छ । यी दूवै कलाहरू तिनका रैथाने हुन् । हाम्रो संस्कृतिमा उपरोक्त दूवै शीप-विद्याहरू प्राचीनकालदेखि नै अभ्यास हुँदै आएका हुन् । उप्रान्त निजी तथा सरकारीतहहरूले स्वरोजगार विकासका लागि उपरोक्त सीप विद्यालयहरू संचालन गर्न मिल्छ ।

हो, तत्कालीन ६४ कलाहरू मध्ये आजको आवश्यकताका लागि “खरा” नहुन सक्छन् तर संरक्षणकातहमा सिलेवस निर्माण गरेर सिकाउनु हरेक नेपालीको दायित्व हो । ६४ मा धेरै थप्न मिल्छ तर Vocational education को इतिहासमा वैदिक शिक्षा प्रणाली नै “Vocational education” को मातृभूमि हो भन्न मिल्छ र इतिहासमा लेख्न मिल्छ । Vocational education को इतिहासमा उप्रान्त हामीले स्वाधिकार ठान्नुपर्छ ।

यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उपरोक्त ६४ कलाहरू सिक्ने, सिकाउने अधिकार महिला तथा पुरुषलाई समानतहमा छ । स्त्री र पुरुषका लागि विभेद गरिएको छैन । उपरोक्त कलाहरू मध्ये एउटा पनि कलामा दक्षता प्राप्त गरेको व्यक्तिले वेरोजगार रहने सम्भावना नै हुँदैन ।

अव एता पो चिन्तन, कार्यान्वयन पो गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.