आफ्नो कर्तब्य बोध गरी मातृ ऋण तिर्ने बाटो रोजौँ

रमेश बास्तोला

आदरणीय पाठकवर्गहरु !

नेपालको समसामयिक विषयहरुमा प्रबेश गरौँ । किन आज नेपाल र नेपाली जनताले यस्तो दर्दनाक स्थिती भोग्नु परिरहेछ ? के कारणले आज देश यस्तो दुरावस्थामा प्रबेश गरिरहेको छ ? जताततै कालाबजारी, महङ्गी, तस्करी, भ्रष्टाचार ! हिंसा, अराजकता, हाहाकार ! असुरक्षा, असुविधा, रोदन, चीत्कार, त्राहीत्राही ! घृणा, द्वैष, वैमनस्य ! बेरोजगारी, पलायन, गरिब, रोग, भोक शोक ! विकृति, विसंगती, पापाचार ! गर्दा गर्दै नेपालको उच्च पदमा पदास्रीत महामानव हुँ  भन्नेहरु नै देश टुक्राटुक्रा बनाउन पाईला चलाईरहेका छन । खोई कहाँ छ चित्त बुझाउने ठाउँ ? को हो दोषी ? कसले हो हामी नेपालीलाई यो संङ्कटबाट मुक्त गराउने ? पार लगाउने ? नेपाल त परापूर्व कालदेखी स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न भु-राजनीतिक वैधानिकता प्राप्त एक राज्यराष्ट्र हो । ईतिहास पल्टाएर हेरौँ प्राय: सबै कालखण्डमा समृद्ध, शक्तिशाली र अग्रणी रहिआएको छ । तर अहिले यो देशको स्थिती के छ भन्ने त हाम्रो सामु प्रत्यक्ष छदैछ । मानव जन्म त हामीले धेरै वर्षको सत्कर्मको प्रभावले गर्दा प्राप्त गरेका छौँ । मानव भएर जन्मिए पछि दुईवटा ऋण चुक्ता गर्नु पर्ने हुन्छ । एक हो पितृ ऋण र दोस्रो हो मातृ ऋण । पितृ ऋण त हामी कर्म गछौँ अनि बुबा आमा लगायत सम्पुर्ण परिवार, कुटुम्बहरुलाई जतिसक्दो खुसी राखेर तिर्नेछौँ भने मातृ ऋण अर्थात आफू जन्मिएको जन्मभुमीको ऋण कसरी तिर्ने ? अब प्रत्येक ईमान्दार नेपालीले विचार पुर्वक सोच्ने बेला आएको छ । अँध्यारो रोज्ने कि उज्यालो ? प्रेम रोज्ने कि घृणा ? फुटेर बस्ने कि जुटेर ? स्वदेश रोज्ने कि विदेश ? पराई प्रतिमान रोज्ने कि मौलिक प्रतिमान ? के यो देशको स्थितिलाई यसरी नै बिग्रीरहने दिने अथवा सुखमय (रामराज्य) जस्तो बनाउने ? तत्कालै निर्णय लिनु पर्ने बेला आएको छ । नेपाल विश्वकै प्राचिन देशहरूमध्ये एक हो । यो महाभारतकाल भन्दा पनि पुरानो, रामायणकाल भन्दा पनि पुरानो देश राज्य–राष्ट्र (स्टेट–नेसन) हो । यसका सीमाहरु परिवर्तन भए, शासकहरु परिवर्तन भए, तर यो देश राज्यराष्ट्रका रुपमा वैदिककाल देखि नै अविछिन्न अस्तित्वमा रहिआएको छ  । तर विडम्बना नेपालको यस्तो दुर्दशा हुनुमा हामी नेपालीकै हात सबैभन्दा ठूलो छ । हामी नेपालीले पटक पटक परिवर्तनका नाममा रगत बगाएर, पसिना बगाएर नालायक, विदेशीका दलाल, भुँईफुट्टाहरुका चण्डमुण्ड भएर हिडिरह्यौ अझै हिडिरहेका छौँ । तर कहिले सम्म ? मेरी नेपाल आमा धुरुधुरु रोईरहेकी छिन । कस्ले हो आँसु पुछ्ने ? अब त मौलिकताको लागि आफ्नो कर्तब्य बोध गरि मातृ ऋण तिर्ने बाटो रोजौँ । जसरी शरीरमा पेटले सबैतिर भुमिका खेलेको हुन्छ त्यसरी नै देश एक सक्षम, स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न र अग्रणी बन्न राजनीतिले भुमीका खेलेको हुन्छ । राजनीतिबाट विछिन्न भएर कोहि पनि बस्न सक्दैन । कतै न कतैबाट उ राजनीतिको चपेटामा चपेटीरहेको हुन्छ । आज त्यही राजनीतिलाई फोहोरी बानाईदैछ । राजनीति त देशको नीति हो । सर्बोपरी नीति हो । अनि त्यो राजनीति मौलिकताको आधारमा, स्थितिगत्यात्मकताको आधारमा आधारित छैन भने अहिले जनसमाजले फोहोरी भने झैं हुने छ राजनीति । कुनै एक कालखण्डमा घटेको घटनामा आधारित सिद्धान्तको फोटोकपी बोकेर नेपाललाई केवल प्रयोगशाला बनाएको कारण यो दशा आज नेपाली जनताले भोग्नु परेको छ । नेपाल देश राष्ट्रराज्य, द्वि-राष्ट्रियराज्य, बहुराष्ट्रिय राज्य वा राज्यराष्ट्र के हो भनेर सवाल जवाफ, वादविवाद नगरी नेपालको राजनीति सुध्रिन सक्दैन । आज केही  नेपाल एक बहुराष्ट्रिय राज्य हो भनेर  दलाली गर्दैछन । नेपालमा झण्डै ७२ वर्ष देखि नेपाली जनताले आफ्नो सुन्दर भविष्यका लागि राजनैतिक दल र उनिहरुले ल्याएका सिद्धान्त, नीतिलाई विश्वास गरि पटक – पटकका आन्दोलनमा साथ दिए । यहि क्रममा हजारौँले आफ्नो ज्यानको आहुती दिए। हजारौँ नागरिकहरु अङ्गभङ्ग भएर आज सम्म पनि अस्पतालको बेड र घरका सिकुवामा छटपटाइ रहेका छन । हजारौँ आमाहरुको आँसु सुकेको छैन, काख रित्तियो, सिन्दुर पुछियो, पोते चुडियो, चुरा फुटे । यस्तो दर्दनाक अवस्थामा नेपाली समाज पुग्न बाध्य बनाइयो । दुर्भाग्य नै भनौँ जति- जति राजनितीक दल आए र जति – जति नयाँ परिक्षण भए, त्यसले नेपाली जनताको जीवन स्तर, देशको समुन्नती, प्रगती, स्थाई सरकार संस्थागत हुन सकेन । नागरिकहरुलाई यो बहाना र त्यो बहाना का नाममा कष्टकर जीवन बिताउन बाध्य तुल्याइदिएका छ्न । जातिय , क्षेत्रीय, धार्मिकता, भौगोलिकताका अधारमा  नागरिकका विचमा फाटो बनाएर नागरिकहरुलाई एकल्याएर सत्तामा पुग्ने र सत्ताको दुरुपयोग गरि राज्यको विरासत, अस्मिता मेटाउने , सिमा सुरक्षा देखि राज्यका हरेक पक्ष विवादित तुल्याउन सफल हुँदै गएको अवस्था रहेको छ । यी कपुतन्त्र भनिएका पार्टी, तिनका नेता भनाउदाहरुले जनता र देश प्रती कहिल्यै चासो र जवाफ देहिता लिएनन, लिन चाहेनन !  दिनानुदिन शैक्षिक , सामाजिक,धार्मिक , विकाश सबै क्षेत्र धरासायी बन्न पुग्यो ।

अब निकास के त ? नेपालमै जरो नेपाल मै किलो भनेको मौलिक रैथाने शक्ति हो । नेपालका मौलिक धर्महरु सनातन हिन्दु, बौद्ध, किराँत, बोन, जैन लगायतका अन्य पनि रैथाने संस्कार संस्कृति मिलेर नेपालको गरिमामय छवि बोकेको मौलिक जरोकिलो पार्टी जुन नेपालकै सुपुत्र युगद्रष्टाको आशीर्वाद र संकल्पको साथमा पराई प्रतिमान विरुद्ध मौलिक प्रतिमान बोकेको राजनीतिक पार्टी मात्रै हो निकास । जसले सामुहिक नेतृत्वलाई होइन सामूहिक कर्तृत्वलाई आत्मासाथ गरेको छ । वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन लगायतका परम्परामा सामूहिक नेतृत्त्व होइन, सामूहिक कर्तृत्त्व मान्य छ । नेतृत्त्व त विशिष्ट नै हुनुपर्छ । अनायक र बहुनायकको प्रावधानले विनाश हुन्छ । ऋषि, बुद्ध, मुहिगुम अङसीमाङ, तोन्पा, तीर्थङ्कर, आचार्य, गुरुहरूको मार्गनिर्देशनको आधारमा आधारित छ मौलिक जरोकिलो पार्टी । तेसैले सामूहिक नेतृत्त्व अस्वीकार गरी सामूहिक कर्तृत्त्व मान्य छ ।

नेतृत्त्व त विशिष्ट नै हुनुपर्छ । अनायक र बहुनायकको प्रावधानले विनाश हुन्छ । ऋषि, बुद्ध, मुहिगुम अङसीमाङ, तोन्पा, तीर्थङ्कर, आचार्य, गुरुहरूको मार्गनिर्देशनको आधारमा आधारित छ मौलिक जरोकिलो पार्टी ।तेसैले सामूहिक नेतृत्त्व अस्वीकार गरी सामूहिक कर्तृत्त्व मान्दै  कर्तब्य बोध गराउन नेपालकै माटोबाट प्रकाशित राज्यराष्ट्र सिद्धान्तलाई उद्गार गर्दै मौलिकताको रक्षार्थ, नेपाललाई नेपाल जस्तो बनाएर विश्वका विकसित  देशहरुको दाँजोमा पुर्याएर विश्वको गुरु राष्ट्र बनाउने अठोटका साथ अघि बढेको मौलिक जरोकिलो पार्टी नै अबको नेपालको सामाधानको पाटो हो ।

अघि बढौँ यो युग हाम्रो हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.