लागू औषध दुर्ब्यसन नियन्त्रणमा सरकार र समुदायको भुमिका खोइ

खेमकुमारी ( बिनिता ) ओली, आजीवन सदस्य, युगनिर्माण महिला समाज नेपाल, चेतना नेपाल, झापा, दमक

 

मानव समाजले आफ्नो उत्पत्तिकालदेखी नै विभिन्न समस्याहरुको सामाना गर्दै आइअरहेको छ।प्रकृतिक विपत्ती अन्य समाजहरुबाट आक्रमण वन्यजन्तुको आक्रमण, बिभिन्नरोग महामारी इत्यादी यसका प्रमुख रुपमा पर्दछन ।यश बाहेक समाजभित्रै अनेक कलह र बिकृती बिसंगतिले पनि समाज लाई गांज्ने गरेको छ।समाज र समुदायको अस्तित्वमा नै चुनौती खडा गर्ने यस्ता समस्याहरुको सामना गर्दै र आफुलाइ जोघाउदै मानव समाजले आफ्नो प्रगतिपथमा अगाडि बढ्दै आज को स्थितिमा आइ पुगेको हो। वर्तमान विश्वसमुदायको सामुन्ने पनि अनेक चुनौती हरु देखा परेका छन।ती मध्ये लागू पदार्थको प्रयोग तथा अवैध ओसारपसार र एच आई भि / एड्सको समस्या पनि पनि प्रमुख नै हुन ।यी समस्याहरुबाट नेपाली समाज पनि उत्तिकै ग्रस्त रहेको छ ।अनेकौ प्रयासहरुका बाबजुद पनि समस्या घट्नुको साटो बढिरहेको छ। विज्ञ तथा अभियान्ताहरु समस्याको समाधानमा बहुपक्षिय उपायको अवलम्बन गर्ने कुरा उठाउछन। कुरा ठिक छ, तर कुनै पनि समस्यालाइ बाहिरबाट मात्र काटछाट गरेर समाधान हुदैन त्यसको जरा नै पहिचान गर्नु पर्छ र त्यहींबाटै समधान खोज्नु पर्छ भन्ने तथ्यलाइ चाहिँ बिर्षनु हुदैन । आज लागू औषध प्रयोगकर्ताहरु र एच आई भि सङ्क्रमितहरुलाई जनसामान्यले समाजभन्दा भिन्नै मान्छेहरु हुन भनेर ठान्दछन। यी समस्याहरुको खासै नौला नभए पनि सोचमा परिवर्तन आउन खास सकेको छैन । कोहि पनि मानिस जन्मदेखी नै लागू औषध प्रयोगकर्ता बन्दैनन र कुनै पनि जोखिम व्यवहार गरेर एछ आइ भि संङ्क्रमित बन्दछन। उनी हरुले पाएको सोच धारणा र संस्कार समाजबाटै पाउने कुरा हो । जोखिमपुर्ण पनि समाजकै उपज हो भन्ने मा समाज वा ब्यत्ती स्विकार गर्दैनन। फेरि प्रयोगकर्ता र समाजको विच पनि यस्तो अन्तर्कृया हुन्छ, जसमा प्रयोगकर्ताले समाजमा असर पुर्याइ रहेको हुन्छ भने समाजले पनि अरुलाइ प्रभाव र असर परिरहेको हुन्छ । त्यसैले यो समस्यालाइ समाजबाट उत्पन्न समाजकै समस्याको रुपमा स्विकारिनु जरुरी छ। तर हाम्रो सोच र धारणा केवल आफ्नै घर मा नभित्रीए सम्म यश समस्यालाइ आनो समस्याको रुपमा ग्रहण नगर्ने प्रचलन रहि आएको छ। समुदायमा रहेका हरेक समस्या हाम्रा हुन भन्ने साझे विचार सकारात्मक सोच को हामिमा कमि छ। लागू औषध दुर्ब्यसन बिरुधका अन्तकृया वा सचेतना कार्यक्रमा सहभागी हुदा माननीय मन्त्री देखि स्थानिय सरकारका प्रमुख देखि वडा अध्यक्ष वा सरोकारवाला सरकारि निकायले बोल्नु पर्दा यसलाई प्राथामिकता दिनु पर्छ पर्छ समस्या समाधान गर्नु पर्छ चर्को स्वरमा कडा रुपमा प्रस्तुती हुन्छ तर कार्यक्रम बाट बाहिरिना साथ सबै थरी पुरानै ढंगमा बन्यो। बोल्ने सबै ले सुगा रटाइ शैलिमा हो तर यथार्थ यसको वास्तविक योजना बनाएर अगि बड्ने कोहि हुदैन र आज सम्मको अभ्यास बाट देखिएन केही गरे झै देखिनु स्वभाविक होला । समाजको आधारभुत तहमा त यो समस्या के हो र कसरी लागू औषध दुर्ब्यसन बडि रहेको छ भन्ने कुराको ज्ञाान देखिदैन ।चेतना को अभाव छ सिमित जुन वर्ग पिडित छ उसैको मात्र चासो रहेको छ। समुदायमा आधारित सघसंस्थाहरु अहिले पनि गाउँ टोलमा धारा, बिजुली, बनजङ्गल बाटोघाटो  अन्य विकास र खेलकुदका कुरालाई आफ्नो बैठकको एजेण्डा बनाउछन। स्थानिय सरकारको ढर्रा पनि उहीँ छ। लागू औषध दुर्ब्यस न्युनिकरण गर्नु पनि विकास हो भन्ने चेतना छैन ।दिर्घ कालिन र तत्कालिन कसरी दुर्ब्यसन रोक्न काम गर्ने भन्ने योजना छैन अरु विकास लाई छुट्टाएझै बजेट बिनियोजित छैन। स्थानिय तवरमा समुदायमा मात्र चियापसल देखि सभा समारोह बैठक सबै तिर मात्र अपाच्य राजनिती कै बढी गफ चल्छन। संसद भवन देखि सम्माननिय प्रधानमन्त्री सम्मको बारेमा अपडेट हुँदै अनेक टिप्णी चर्चा र छलफल हुन्छ ।तर विडम्बना आफ्नै घर परिवार ,टोल छिमेकका भाइ भतिजा छोरा छोरी हरुको हालत के छ र टोलकै विध्यालय क्याम्पस अस्पताल को स्थिती के छ भनेर कहिल्यै छलफल पाइदैन हाम्रो चिन्त्त यहि हो कि लागू पदार्थ नियन्त्रणमा समुदायको भुमिका खोइ ।।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.