‘स्वाथ्यकर्मी कुटपिट गर्नेलाई सामाजिक बहिष्कार गर्न अनुरोध’

नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि भएका कुटपिटको घोर भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा सजाय मौलिक जरोकिलो पार्टीले माग गरेको छ । जनप्रतिनिधि भनिएकाहरूबाटै स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु अराजकता हो भन्दै अपराधीलाई सामाजिक बहिष्कार गर्न पार्टीले अनुरोध गरेको छ ।

मित्रलाल शर्माद्वारा जारी विज्ञप्तिमा जेठ ३ गते मोरङको विराट मेडिकल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको कारण लागेको चोट निको नहुँदै नेपालगन्जमा आक्रमण हुनुले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेकोले सरकारलाई यथाशीघ्र अस्पतालमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसंग गरेको छ ।

त्यस्तै, कोरोना संक्रमणको महाव्याधीमा निरन्तर जनताको स्वास्थ्यको लागि खटिएका स्वास्थ्यकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै महाव्याधीको समयमा अग्रपंक्ति रहेर सेवा गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको योगदानको उच्च मुल्यांकन गर्न र वृत्ति विकासका अवसरहरूमा प्राथमिकता दिने कार्यविधि बनाउन सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.