गूगलकाे थ्री डी भिडियाे च्याट पाेर्टल छिट्टै बजारमा आउँदै


डिजिटल सञ्चारको क्षेत्रले अर्को नयाँ आयाममा कदम राखेको छ । गूगलले यो साता आयोजना गर्ने ‘द गूगल आइ/ओ डेभलपर इभेन्ट’को मुख्य आकर्षण थ्री डी भिडियो च्याट पोर्टल हुने बताएको छ । भिडियो कल र जूम कलको लोकप्रियता पछि गूगल ले थ्री डी कन्फ्रेन्सिङ एप सार्वजनकि गर्दै सबैलाई आश्चार्यमा पारेको हो । हालसम्म यो प्रविधि गूगल द्वारा छानिएका केहि कर्पोरेट कार्यालयहरुले मात्रै प्रयोग गरे पनि निकट भविष्यमा विश्व बजारमा लोकप्रिय हुने र मानिसको दैनिक जीवनको एक अंश बन्ने दावी गरिएको छ । ‘स्टारलाइन’ नाम दिइएको यो सफ्टवेयरको मुख्य उद्येश्य भिडियो कललाई थप प्रभावशाली बनाउनु नै हो ।
यो समय कोरोना महाव्याधिका कारण भिडियो कल, बैठक तथा शिक्षण प्रणालीहरु समेत प्रविधि मैत्री हुन पुगेको र आम जनजीवन यसमा अभ्यस्त भइरहेको कारण यो प्रोजेक्टले सामाजिक दुरीलाई कम गर्न र एक आपसमा सामिप्यता बढाउन थप सहयोग पुग्ने गूगलको दावी रहेको छ ।


प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार

धेरै पढिएको

ताजा समाचार