बङ्गालकाे खाडीमा शक्तिशाली चक्रवात् नेपालमा आंशिक प्रभाव रहने


नेपालको पूर्वी क्षेत्रमा मङ्गलवार बिहानैदेखि पानी परेको छ। पूर्वी मध्यबङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण यस्तो भएको र आगामी दुई तीन दिनसम्म देशका विभिन्न भागमा यसले प्रभाव पार्ने मौसम विद्हरूले बताएका छन् ।
यास नाम गरेको उक्त चक्रवात शक्तिशाली रहेको र त्यसको आंशीक प्रभाव नेपालमा मङ्गलवार बिहानदेखि नै पर्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटसम्म चक्रवात आइपुग्ने कुराको प्रक्षेपण भारतीय मौसम विभागले जनाएको छ । नेपालमा भने विशेष गरि बिहीवार र शुक्रवार भारी वर्षा हुन सक्नेछ । भारी वर्षाका कारण करिब दुइदिन नेपालको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित हुनसक्ने दावी मौसम विद्हरूको रहेको छ ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार

धेरै पढिएको

ताजा समाचार