पुनर्जागरणको अभियान मनमा बोकी आऊ

मिश्रादेवी कार्की

यो देश निर्माणको जिम्मा अब हामीले लिनु छ
निष्ठा र कर्मठ पाखुरीको गति अझै बढाउनु छ
राज्यराष्ट्र भन्दा ठूलो हुँदैन अर्को कुनै शक्ति
हरेक नेपालीको मन मुटुमा जगाउँन देश भक्ति।

परदेशिएका युवाहरू आफ्नै देश फर्की आऊ
पुनर्जागरणको अभियान मनमा बोकी आऊ
निर्धक्क भई मातृभूमिको रक्षारथ अब लडनुछ
नेपाल आमालाई हँसाउन हामी अघि बढ्नुछ।

मौलाएका वितिथिलाई अब जरै देखि फालौं
हत्या हिंसा बन्द गरी शान्तिको दियो बालौं
सहृदयी भई हामी विश्वसामु न्याय प्रेमी बन्नुछ
हरेक मानिसको लागि एक उदाहरणीय बन्नुछ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.