मौलिक जरोकिलो पार्टीका राजनीतिक प्रणाली सुधारका नीति

नेपालको राजनीतिक प्रणाली सुधारको लागि मौलिक जरोकिलो पार्टीले लिएको नीति सार्वजनिक गरेको छ । जस अन्तर्गत,
१) नेपालमा प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारी हुनुपर्छ ।
२) कानुन निर्माण अर्थात् विधायनका लागि निर्वाचित सांसदहरु मन्त्री बन्न नपाउने कानुनी प्रावधान बनाउनु पर्छ । सांसदलाई सांसद विकास कोष वा अन्य कुनै बहानामा राज्य कोषबाट करोडौँ रकम दिइने प्रावधान पनि बन्द गर्नु पर्छ । सांसदहरु कानुन निर्माण र सुशासनको निगरानीमै केन्द्रित हुनुपर्छ ।
३) नेपालको मन्त्री परिषद् संघीय सरकारमा ९ देखि ११ जनासम्मको मात्र र प्रदेशमा ५ जनासम्मको मात्र हुनु पर्छ । संसदमा सांसदहरुको संख्या निकै घटाउनु पर्छ र नेपालको भूगोल एवं जनसंख्या सुहाउँदो उपयुक्त संख्या निर्धारण गर्नुपर्छ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.