राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्छ – मौलिक जरोकिलो पार्टी

कोरोना भाइरस महाव्याधिको कारणले ठूलो सङ्कट भोगिरहनु परेका जनतामाथि थप सङ्कट आउने क्रियाकलाप गर्ने कपूतन्त्रका गुटहरूको मौलिक जरोकिलो पार्टी निन्दा र भर्त्सना गरेको छ । गएराति राष्ट्रपति विद्यादेवी भण्डारी ज्युले प्रतिनिधि सभा संसद भंग गरेपछि उत्पन्न राजनीतिक परिस्थितिमा आफ्नो धारणा सार्वजनिक गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा बताइएको हो ।

प्रधानमन्त्रीको सिफारिशमा भङ्ग भएको प्रतिनिधिसभा सर्वोच्च अदालतको आदेशले पुनःस्थापित भएपछिका दिनहरूमा कपूतन्त्रका गुटहरू (कम्युनिष्ट, काङ्ग्रेस र समाजवादी) ले देशलाई थप अन्यौलमा पारी सबै राजनीतिक प्रक्रियालाई उनीहरूको सत्तालिप्साको बन्धक बनाइरहे । न बहालवाला प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने, न त उनका प्रतिपक्षी रहेका सत्तारुढ नेकपा एमालेकै एक गुट, प्रमुख प्रतिपक्षी भनिएको नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीको एक गुटले मिलेर वैकल्पिक सरकार गठन गर्न नै सके । कपूतन्त्रका दुवै गुटले राष्ट्रपति समक्ष बहुमतको दाबी पेश गर्दा सांसदहरूको हस्ताक्षर कीर्ते एवं फर्जी गरी निर्लज्ज, अनैतिक एवं आपराधिक प्रवृत्ति देखाए ‘ पार्टी प्रवक्ता मित्रलाल सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

नेपालको सत्तावृत्तमा रहेका दलहरूले चुनावमा पाएका बहुमतको अनादर गरी संसद विघटन गरेका उदाहरणहरुले नेपालमा लागू गरिएको राजनीतिक प्रणालीमै समस्या छ भन्ने तथ्यलाई बारम्बार प्रमाणित भएको दावी गर्दै बहुनेतृत्त्वमा आधारित संसदीय प्रणाली नेपालको लागि असान्दर्भिक, अनुपयुक्त एवं अहितकारी रहेको हुनाले एउटा पार्टीको सट्टामा अर्को पार्टी र एक जना प्रधानमन्त्रीको सट्टामा अर्को प्रधानमन्त्री परिवर्तन गरेर समस्याको समाधान नहुने कुरा बताएको छ । यसको लागि अब राजनीतिक प्रणाली नै परिवर्तन गर्नु कुरा बताएको छ ।

“विशिष्ट नेतृत्त्व, सामूहिक कर्तृत्त्व एवं संस्थागत स्वामित्व” को पद्धति र “सभा, समिति एवं परिषद्” को संरचना भएको राजनीतिक प्रणाली नै नेपालको निम्ति सान्दर्भिक, उपर्युक्त एवं हितकारी राजनीतिक प्रणाली भएको भन्दै उपर्युक्त युगान्तकारी एवं युगप्रवर्तनकारी परिवर्तनको दिशामा संगठित हुन सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.